© २०२३
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने निर्णय गरेको छ। बैंक र वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्ने जानकारी दिएको छ। बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र अधिकतम ५ करोड रुपैयाँको रकम लिएर बोलकबोलमा भाग लिन सक्नेछन्। निःशेष रकम बाँडफाँड गर्न सकिनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ, र यसमा बहुब्याजदरमा पनि भाग लिन सकिने व्यवस्था गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ९ गते साँवा र ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।