ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

अंग्रेजी नयाँ वर्ष २०२५ आजदेखि सुरु भएको छ । २०२४ को विदाईसंगै अंग्रेजी नयाँ वर्षको आगमनले पुरानो बर्षमा भएका दुःखद घटनाको पुनराबृत्ति नहोस भन्ने अपेक्षा गरिएको छ । नयाँ बर्षकै अवसरमा खुसी साटासाट गर्ने र एक अर्कोलाई शुभकामना दिनेक्रम सुरु भएको छ । नेपालमा पनि पछिल्लोसमय अंग्रेजी नयाँ बर्षलाई हर्ष र उत्साहको रूपमा मनाउने प्रचलन बढ्दै गएको छ । यद्यपि नेपालमा बिक्रमसम्बत नै लोकप्रिय सम्बत हो । तर, विश्वभर अंग्रेजी पात्रोकै प्रचलन बढेकोले नेपालमा पनि अंग्रेजी नयाँ बर्ष मनाउनु पर्ने हाम्रो दायित्व र अभिभारा दुवै छ । संगै वितेको वर्षको समीक्षा पनि भैरहेको छ । निश्चितरूपमा नयाँ बर्षले खुसीमात्र होइन, चुनौतीपनि लिएर आएको छ । पुरानो बर्ष २०२४ नेपालका लागि त्यसैपनि दुःखद बर्षको रूपमा इतिहासमा उल्लेखित भएको छ । विगतमा देखिएको अनिष्ट र अशुभ घटना यो नयाँ बर्षमा नदोहोरियोस् भन्ने सवै आम नेपाली जनताको चाहना छ । नेपालमा नयाँ बर्ष मनाईरहँदा विगतको बर्षमा भएका केही दुःखद घटनाले नेपालीको मनमुटु छियाछिया पारेको छ । गत बर्ष नारायणगड मुग्लिङ सडक खण्डको सिमलतालमा भएको प्राकृतिक प्रकोपमा परि दुईवटा बसका ६५ जना यात्रु एकैपटक त्रिशुलीमा बेपत्ता भए । त्यही बर्ष सौर्य एयरलाईन्स विमान दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए । प्राकृतिक प्रकोपकै कारण गत बर्ष २ सय २४ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भैसकेको छ । गत बर्ष रूस र युक्रेन तथा इजरायल र हमासबीचको युद्धका कारण कैयौं नेपालीले ज्यान गुमाएका छन् । हमासको कब्जामा रहेका बिपिन जोशी अझै मुक्त हुन सकेका छैनन् । नयाँ बर्षमा नेपाललाई प्रत्यक्ष अप्रत्यक्षरूपमा प्रभावित गरेको यो युद्ध अन्त्य होस् । नयाँ बर्ष सन. २०२५ समग्र नेपाल र नेपालीहरूका लागि सुखद रहोस् । नेपाली युवा विपिन जोशीलाई मुक्त गर्ने बिषयमा नेपाल सरकारको ध्यानाकर्षण जरुरी छ । अंग्रेजी नयाँ बर्षमा सरकारलाई त्यो सफलता प्राप्त होस् ।
त्यसो त वितेको बर्ष सन. २०२४ समग्रमा अस्थीरता, आर्थिक उतारचढाव र प्राकृतिक प्रकोपले बिक्षिप्त वनाएको बर्ष भयो । नयाँ बर्षमा त्यो पुनराबृत्त नहोस् । आशा गरौं नयाँ बर्षले नयाँ संभावना, नयाँ जीवन ल्याउन सकोस् । हामी सवैका लागि नयाँ वर्षले निश्चितरूपमा नयाँ उमंग लिएर आएको छ । नेपाली जनतामा आशा बढाएको छ । नयाँ बर्षलाई स्थीरता र समृद्धिको बर्षको रूपमा इतिहासमा उल्लेखित गराउन सक्नुपर्दछ । तसर्थ नयाँ बर्ष सन. २०२५ समग्र नेपाल र नेपालीहरूका लागि सुखद रहनेछ भन्ने विश्वास आम नेपालीको छ । नयाँ बर्षमा मुलुकमा शान्ति, स्थीरता, विकास र सम्मृद्धि हासिल हुनेछ । त्यसमा नयाँ बर्ष सन. २०२५ ले नयाँ प्रेरणा, आत्मविश्वास र दृढता प्रकट गर्नेछ । फेरीपनि नयाँ बर्ष नेपालीको बर्ष हुन सकोस् । शान्ति र सम्मृद्धिको बर्ष हुन सकोस् । पुरानो बर्षको विदाई गर्दैगर्दा नयाँ बर्ष प्राकृतिक प्रकोप मुक्त बर्ष बन्न सकोस् । प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरूलाई सरकारले उचित राहत र पुनर्बासको व्यवस्था गरोस् । नयाँ बर्ष राजनैतिकरूपमा पनि स्थायित्वको बर्ष हुनु जरुरी छ । किनभने राजनीतिक अस्थीरताले मुलुकमा शान्ति कायम हुन सक्दैन् । राजनीतिक अस्थीरताले देश विकासमा सवैभन्दा बढी प्रभावित गर्दछ । त्यसकारण पनि संघीयसंगै प्रदेश सरकार आफ्नो रफ्तारमा अघि बढ्ने वातावरण तयार होस् । केपी ओली नेतृत्वको सरकारबाट धेरै राम्रो कामको अपेक्षा गरिरहँदा सरकारलाई कमजोर बनाउने प्रयास कहिँकतैबाट नहोस् । यो सरकार आफ्नो आयुसम्म टिक्यो भने नयाँ बर्षमा केही भएपनि देशमा सुशासनको पक्षमा राम्रो कामको सुरुवात हुनेछ भन्ने आम नेपाली जनताको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?