ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

अक्स्वृजमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

बुटवल, २२ कात्तिक ।

प्राविधिक शिक्षा मार्फत दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापित अक्सवृज ईन्टरनेशनल एकेडमीमा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत अभिमुखीकरण तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीमा ल्याब, सिभिल र कृषि बिषयका नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सिपमुलक प्राबिधिक शिक्षा प्रदान गरि राष्ट्रलाई योगदान पु¥याउने मूल उद्देश्य रहेको बताए ।

सभापति खनालले शिक्षालाई उत्पादनसंग, उत्पादनलाई बजारसंग र बजारलाई समृद्धिसंग जोड्न सकेमा मात्र राष्ट्र आत्मनिर्भर बन्ने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताको सबल रुपमा संरक्षण गर्न सक्ने दावी गरेका छन् । सिटिईभिटी लुम्बिनी प्रदेश कार्यालयका प्रमुख गोपाल प्रसाद आचार्यले बर्तमान अवस्थामा प्राविधिक शिक्षा उद्यमशीलता, स्वरोजगार, उत्पादन, सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडिएको बताए ।

सो अवसरमा संस्थाका निर्देशक डिपि खनाल, प्रमुख प्रशिक्षक केशव कहादुर महत, प्रशिक्षक सागर भुसाल, पत्रकार हरिश ढकाल, बिद्यार्थी सन्दिप धवल लगायतले प्राविधिक शिक्षा वैज्ञानिक, गुणस्तरीय, सर्वसुलभ र सबैको सरल पहुँचको बनाउन सरकारले विशेष नीति अबलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । करिब ३ करोड रुपैयाँको लगानीमा स्थापना भएको अक्सबृज ईन्टरनेशनल एकेडमीमा ल्याब, सिभिल र कृषि बिषयका १ सय १० जना विद्यार्थी अध्ययनरत रहेको निर्देशक डिपी खनालले बताए ।

बिगत करिब अढाई दशकदेखि विदेशी भाषा शिक्षामा अध्ययन अध्यापन गराउँदै आएको अक्स्बृजले यसअघि स्वास्थ्य सेवातर्फका अनमी, सिएमए लगायतका प्राविधिक शिक्षाहरु पनि संचालन गरेको थियो भने अव निकट भविष्यमै स्वास्थ्य सेवातर्फकै हेल्थ असिस्टेन्ट एचए कक्षा पनि संचालन गर्ने अन्तिम तयारी भैरहेको समेत निर्देशक खनालले जानकारी गराए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission