ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

ताल तलैयाको हालः कतै घर ठडिए, कतै खेती किसानी

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बुटवल, १५ पुस ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ का प्रविण धकिकार भए ठाउँमा पाल्हिनन्दन ताल हेर्नका लागि गाडी रिजर्भ गरेर मानिसहरू आउँछन् र सोध्छन्, ताल कता छ ? उनीहरूलाई प्रविणले तोरी वा गहुँ वा धान लगाएको खेत देखाइदिन्छन् । ताल हेर्न आउनेहरू खेतीवाली देखेर अचम्म परी फर्किन्छन् । उनले सानो छदा आँखाले देखिने ठाउँसम्म ताल देखेका थिए । उनका अनुसार ताल सुक्दै गएपछि स्थानीय बासिन्दाले घाँस र बुट्यान काटेर खेती गरेका हुन् । यो ताल पहिले सय बिगाहामा पैmलिएको थियो ।
पाल्पा तानसेनको प्रभास ताल माटोले पुरिदै गएको छ । त्यहाँ घर ठडिँदै छन् । प्रभास क्षेत्रलाई मनमोहक बनाउने उक्त ताल घटेर पोखरीमा परिणत हुने क्रममा छ । लुम्बिनी प्रदेशका धेरै ताल तलैया मासिदै गएका छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिले सन् २०२१ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सन् १९९२ यताका २०÷२२ वर्षमा लुम्बिनी प्रदेशका मधेसका जिल्लामा १०४४ वटा ताल मासिएका छन् । नेपालभरमै सबैभन्दा बढी ताल मासिएको जिल्ला कपिलबस्तु यही प्रदेशमा पर्दछ । त्यहाँ सो अवधिमा कपिलबस्तुमा ३२७ वटा ताल मासिएका थिए ।
नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ को ८२ बिगाहा नामको अर्काे तालको पनि नाम निशाना नै छैन् । ताल क्षेत्रमा स्थानीय बासिन्दाले खेतीवाली लगाइरहेका छन् ।
बचेका तालहरू पनि खुम्चिँदैछन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, मानपुर र शिवराज नगरपालिका–३ मा पैmलिएको सखुनिया ताल यसको एउटा उदाहरण हो । यो ताल पहिले करिब एक सय बिगाहामा फैलिएको थियो । अहिले करिब २५ बिगाहामा खुम्चिएको छ ।

घोराही उपमहानगरको प्रयास सहानीय
दाङको घोराही उपमहानगरपालिकाले आव २०७५/७६ मा ताल संरक्षण गर्न शुरु गरेको हो । उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीका अनुसार अहिलेसम्म ४३ वटा बनाइसकेको छ भने २ वटा बन्ने प्रक्रियामा छन् । तालबाट वर्षाको पानी जम्मा गरि हिउँदमा खेतीमा सिचाइ गर्नमा सजिलो हुनुका साथै स्थानीयको आयआर्जनमा सहयोग पुगेको नगरप्रमुख चौधरी बताउछन् । ताल हेर्नका लागि आउने र त्यसबाट होटल पसल राम्रो चल्नुको साथै माछा पालन भइरहेको उनले बताए । उनले तालबाट जमिन मुनिको पानीको सतह रिचार्ज समेत भएको बताए ।
‘हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता– मानव विकास स्वस्थ र स्वच्छ घोराही उप–महानगरपालिका’ नारा तय गरेको छ । पोखरीमा जम्मा गरिएको पानीले बाह्रै महिना सिंचाइ हुने भएपछि घोराही २ सुर्केडाँगीका सुशीला चौधरीले तरकारी खेती गरिरहेकी छिन् । काउली, बन्दा, गोलभेँडासँगै मौसमी र बेमौसामी तरकारी बेचेर राम्रो आम्दानी भइरहेको बताइन । सिंचाइसँगै तालमा डुंगा चलाएर पनि स्थानीय बासिन्दाले रोजगारी र कमाइ गरिरहेका घोराही १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राममणि पाण्डेले बताए ।

त्यसैगरी रूपन्देहीको ओमसतियाको सिलौटिया ताल, सियारीको नन्द पोखरी, सुनवलको अस्नैया ताल, महल पोखरी, कपिलवस्तुको तौलिहवाको सागर ताल, निग्लीहवा ताल, अर्घाखाँचीको डमरु दह खुम्चिदै र हराउँदै गइरहेका छन् ।
लुम्बिनीमा कहाँ कति ताल ?
लुम्बिनी प्रदेशमा १२९७ ताल रहेको राष्ट्यि ताल संरक्षण विकास समितिको सर्वेक्षण सन् २०२१ को अध्ययनले देखाएको छ । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी ताल कपिलवस्तुमा ३५१ छ भने त्यसपछि क्रमशः रूपन्देहीमा २८९, बाँकेमा २४३, नवलपरासीमा १६३ ताल छन् भने सबैभन्दा कम अर्घाखाँचीमा ३ वटा ताल रहेको उक्त अध्ययनमा देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले तोकेको प्रदेशका १०० वटा पर्यटकीय गन्तव्यमध्ये १६ वटा ताल छन् । तिमध्ये रूपन्देहीको कपरकट्टी ताल, मजगावा पोखरी, गैडहवा ताल, गजेडी ताल, नवलपरासीको नन्दन ताल, बुद्धमंलग ताल, कपिलवस्तुको जगदिनशपुर ताल, सागर ताल, पाल्पाको सत्यवती ताल, तालपोखरा, अर्घाखाँचीको डमरु दह, बाँकेको रानी तलाउ, बनकट्टा ताल, बर्दियाको तारा ताल, दाङको बाह्कुने दह, रिहार ताल, जखेरा ताल, मयूर ताल, रोल्पाको तिलाचन दह र रुकुम पूर्वको कमल दहको अवस्था खस्केको छ । लुम्बिनी प्रदेशका १०१ तालको अध्ययनमा ५० वटा ताल मात्र राम्रो अवस्थामा देखिएका छन् ।
कसरी मासिए ताल ?
पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्णचन्द्र यादव माथिल्लो तहका सरकारलेको वेवास्ताका कारण ताल संरक्षण हुन नसकेको बताउछन् । ताल क्षेत्र संरक्षण नहुँदा स्थानीयले खेती गर्दै आएको र अहिले ताल खेतमा परिणत भएको उनले बताए ।
पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्णचन्द्र यादव माछा मार्ने क्रममा पानीको निकासका लागि खनेको कुलो गहिरिँदै जाँदा कालान्तरमा ताल मासिएको बताउँछन् ।
उनका अनुसार केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पुर्जा बनाउने प्रयास गरेका थिए । सर्वोच्च अदालतले तालको जग्गालाई पुर्जा दिन नमिल्ने गरी फैसला गरिदिएकाले जग्गा व्यक्तिको हुनबाट जोगिएको छ । कतैका तालमा मानिसले खेतीपाती गरे, कतै घर बनाए । कतैकतैका ताल सडक बनाउँदा पुरिए । नवलपरासीको पूर्वमा रहेको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक कार्यालय बनाउने ठाउँमा पोखरी पर्दा अदालतमा मुद्दा प¥यो ।

अदालतले भवन बनाउन रोक लगाएको थियो । पछि पालिकाले भवन बन्ने स्थानको दुई कित्तामध्ये पोखरी नभएको क्षेत्रमा बनाउने गरी मुद्दा मिलायो तर अहिले उक्त पोखरी सानो कुण्डमा सीमित भएको छ ।
पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रदीप खनालले व्यक्तिले घर बनाएकाले अहिले ताल ३४ रोपनीमा खुम्चिएको बताए ।
ताल मासिँदा किसानहरूलाई धेरै ठूलो असर परेको छ । शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाका अनुसार कपिलवस्तुको बुद्धभुमि नगरपालिका–७, मानपुर र शिवराज नगरपालिका–३ मा पर्ने सुखानिया ताल त्यस क्षेत्रकै ठूलो ताल थियो । यसले कपिलवस्तुको दक्षिणी क्षेत्रमा सिंचाई सुविधा दिएको थियो तर त्यसको बाँध भत्कँदा तालमा पानी घटेको छ । त्यसले गर्दा हिउँदे खेतीपातीका लागि सिँचाइ सुविधा पुगेको छैन ।
ताल तलैयाको पानीले मानिस र पशुपंक्षीलाई मात्रै जीवन दिने मात्र होइन भूमिगत जलको स्तर बढाउन र स्थानीयको जीविर्कोपार्जन बढाउनमा सघाउँछ । कतिपय तालमा पानीमात्रै रोक्न सके पनि माछापालन र डुंगा शयर आदि काममार्पmत स्थानीय बासिन्दाको आम्दानीमा टेवा पुग्न सक्छ । भूमिगत जलस्रोतको सतह बढेर तराईमा देखिएको पानी अभावसमेत हट्छ ।
लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये चार वटा पालिकाको नाम तालसँग जोडिएर राखिएका छन् । तिनमा पाल्हीनन्दन गाउँपालिका, नवलपरासी, देवदह नगरपालिका, गैडहवा गाउँपालिका, रूपन्देही, बडैयाताल गाउँपालिका, बर्दिया रहेका छन् । ताल नभएपछि ती पालिकाको नाम पनि निरर्थक भएका छन् ।
पहाडमा भूक्षय, खहरे र खोलाका कारण ताल र पोखरी मासिरहेका छन् भने तराइमा अतिक्रमण र फोहरमैलाले पनि ताल पुरिदै छन् । गैडहवा गाउँपालिकाका स्थानीय चन्द्रप्रकाश दुवेका अनुसार अतिक्रमणले गर्दा गैडहवा ताल मिचिँदैछ । उनका अनुसार यो ताल पहिले ९९ सय बिगाहामा पैmलिएकोमा अहिले ६० बिगाहामा खुम्चिको छ । तालको पश्चिम, उत्तर र पूर्व भागमा २०४६ पछाडी अतिक्रमण भएको र तीन दर्जनभन्दा बढी घर ठडिएको उनले बताए । ‘मैले देख्दा यो भन्दा ठूलो थियो, यहाँको पानीले सिंचाइ गथ्र्याे, अहिले गर्दैन,’ उनले भने ।
नवलपरासी पाल्हीनन्दन गाउँपालिका सोनइ गाउँका महेन्द्र चौधरीले आफूले पटक पटक नन्दन तालको ठेक्का लिइ माछाको बिक्री गरेको सम्झन्छन् । उक्त तालमा पानीको भाग मात्रै नभई दलदल क्षेत्र पनि थियो । चौधरीले तालमा माछा मात्रै नभइ बाक्लै चरा पनि आउने गरेको सुनाए । छेउका खेतमा सिचाइ पनि हुन्थ्यो, उनले भने ।
कपिलवस्तुको शिवराज नगरपालिकाका स्थानीय कृषक अमिन मोहम्मद मुसलमानका अनुसार सखुनिया तालबाट खरेन्द्रपुरदेखि भारतीय सिमानाको कजरहवासम्मका हजारौं किसानको सयौं हेक्टर जमिनमा सिंचाइ हुन्थ्यो । तर अहिले स्थानीयले ताल अतिक्रम गरेपछि ताल खुम्चिएको छ । भएको तालमा ठेक्का गरि माछा पालन भएको छ । ठेकेदारले आफू अनुकूल पानी राख्ने र फाल्ने गरेको हुँदा खेती गर्नमा असुबिधा त परेको छ नै पानीले नोक्सानी समेत गरेको मुसलमान बताउँछन् ।
ताल मासिदा बन्यजन्तु पानी खानकै लागि बस्ती पस्ने, बनमा डडेलो फैलने गरेको वातावरण विज्ञ युवराज कंडेल बताउछन् । ताल मासिदै जादा तराइमा सिंचाईको स्रोत घट्दै जानुका साथै जैविक विविधतामा नकारात्मक असर पुग्दा जलचर मासिने खतरा बढेको कंडेलले बताए । उनले तराई क्षेत्रमा तालसँग सस्कृति समेत जोडिएकोले ताल सभ्यतामा (पुजाआजा) मा असर परिरहेको बताए । विकास निमार्णको क्रममा संरचना निर्माणमा ध्यान नदिदा पनि ताल तलैयाहरू पुरिदै गएको वातावरण विज्ञ कंडेल बताए ।
पोखरी हेर्दे, ताल बिर्सिदै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले आ.व. २०७५÷७६ देखि नै आफ्नो नीति तथा कार्यक्रममा ‘एक गाउँ एक पोखरी’ निर्माणका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने भन्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, लुम्बिनीका प्रवक्ता प्रभात सापकोटाले २०८१÷८२ मा पनि जलवायुु परिवर्तन अनुकुलन कार्यक्रम अन्तर्गत एक वडा एक पोखरी कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए ।
मन्त्रालयका अनुसार ‘एक गाउँ एक पोखरी निर्माण’ अभियानअन्तर्गत प्रदेश सरकारले ११६ वटा पोखरी निर्माण गरेको छ । पर्यावरण जोगाउने उद्देश्यले प्रदेशका १२ वटा जिल्लामा करीब पाँच हजार २०० घनमिटर क्षमताका पोखरी बनेका छन् ।
प्रवक्ता सापकोटाका अनुसार पोखरी निर्माण र संरक्षणमा अभियानकै रूपमा प्रदेश सरकारले काम गरिरहेको भएपनि ताल संरक्षणमा भने त्यति धेरै काम हुन सकेको छैन् । त्यसैले प्रदेश सरकारको काम ‘ताल मासी पोखरी’ भने जस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission