© २०२३
दाङ,१४ पुस ।
माछा मार्ने क्रममा पानी डुबेर देउखुरीमा एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा गढवा गाउँपालिका- ६ गढवा निवासी ६३ वर्षिय ढोरी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गढवा बजारदेखि केही दुरी पूर्वमा रहेको प्रनाह खोलमा माछा मार्ने क्रममा कुमालको ज्यान गएको हो ।
आइतबार बिहान ११ बजेखाना खाएर खोलामा माछा मार्न भनेर उनी नजिकैको प्रनाह खोलामा गएको उनका देवर कालू कुमालले बताए । भाउजू अबेरसम्म घर नफर्किए पछी खोज्दै जादा पानीमा डुबेको अवस्थामा फेला पारेको उनले बताए ।
अचेत अवस्थामा फेला परेकी कुमाललाई उपचारका लागि लमही अस्पतालमा ल्याइएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतक कुमालको शव अहिले लमही अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाई रहेको छ ।