बर्दिया ।
गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान बर्दिया जिल्ला अदालतमा सुरु भएको छ ।
पटकपटक गरी किशोरीलाई ११ युवाले बलात्कार गरेका थिए । आईतबार बर्दिया जिल्ला अदलातका न्यायाधीश मनोज श्रेष्ठको बेन्चमा बयान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ ।
प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा बयानका लागि पेश गरिएको हो । थप तीन आरोपित फरार छ्न । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाँसगढि प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोर छ्न । नाबालकहरु आरोपित भएकाले छिटै नै प्रहरीले अदालतमा पेश गरेको हो ।
पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेको प्रहरीले जनाएको छ ।