ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
लमही ,११ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले आवश्यक कानून निर्माण नगरेका कारण प्रदेश सरकारले अपेक्षित रूपमा गति लिन नसकेको बताएका छन्।
दाङको लमहीमा बिहीबार गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले अधिकार प्रत्यायोजनसँगै स्पष्ट कानूनी संरचना तयार नगर्दा प्रदेश सरकारको काम कारबाहीमा अवरोध उत्पन्न भएको बताए।
उनले प्रदेश सरकारको जिम्मेवारीमा पर्ने धेरै विषय संघीय सरकारको कानून अभावले अलपत्र परेको उल्लेख गर्दै, “संघीय संरचनामा सहकार्यको अभावले प्रदेश सरकारले योजनाबद्ध र दीर्घकालीन गति लिन सकेको छैन। कानूनी अधार स्पष्ट नहुँदा कतिपय महत्वपूर्ण काममा ढिलासुस्ती भएको छ,”  उनले भने।  तर पनि हामि जनमुखी कानून निर्माणमा प्रदेशको प्रयासमा छौ उनले भने ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आफ्ना अधिकार क्षेत्रभित्र जनमुखी कानून निर्माणलाई प्राथमिकता दिइरहेको छ। दलित सशक्तीकरण र अपांगमैत्री कानूनी व्यवस्था गर्ने विधेयकहरूको मस्यौदा अघि बढाइएको हिउदे अधिबेशनवाट पारित गरिने तयारी  भएको जानकारी दिंदै, उनले प्रदेश सरकार नागरिकका अपेक्षाहरू पूरा गर्न कटिबद्ध रहेको उल्लेख गरे।
उनले संघीयता सफल बनाउन संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य अपरिहार्य रहेको उनको धारणा थियो। “सहमति, समन्वय, र सहकार्य संघीयता कार्यान्वयनको मूल आधार हो,” उनले भने। यद्यपि अवरोधका बाबजुद पनि मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, र नागरिक गुनासो व्यवस्थापनमा प्रदेश सरकारले उत्कृष्ट अभ्यासहरू सुरु गरेको दाबी गरे। संघीय कानून अभावका बीच प्रदेश सरकारले आफ्नै क्षमतामा आधारित नीति र योजना तर्जुमा गर्दै अगाडि बढेको उनले स्पष्ट पारे।
उनले संघीय सरकारलाई प्रदेशको माग सम्बोधन गर्न र तत्काल कानून निर्माणका प्रक्रियालाई तीव्रता दिन आग्रह गरे। संघीयता बलियो बनाउन कानूनी आधारको सुनिश्चितता अनिवार्य भएको भन्दै उनले यस विषयमा राष्ट्रिय तहमा बहस र सहकार्यको आवश्यकता औंल्याए।
प्रदेश समृद्धिका लागि ठोस कार्य गरिरहेका छौं: सामाजिक विकास मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकार समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।
 प्रदेशस्तरीय नागरिक सम्मेलनमा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारका सबै गतिविधि जनमुखी, परिणाममुखी, र दीर्घकालीन समृद्धिलाई लक्षित गरिएकाे दाबी गरे।
शिक्षा र स्वास्थ्यमा सुधारका प्राथमिकता
उनले सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण सुधारका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी दिए। “हामीले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र सबैलाई पहुँचयोग्य शिक्षा उपलब्ध गराउन योजना अघि बढाएका छौं,” मन्त्री तिमिल्सिनाले भने।
सामाजिक न्याय र समावेशिता
मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले दलित, महिला, अपांगता भएका व्यक्तिहरू, र पिछडिएका समुदायको सशक्तीकरणका लागि नीतिगत निर्णयहरू कार्यान्वयन गरिरहेको बताए। “सामाजिक न्याय कायम नगरी प्रदेश समृद्ध हुन सक्दैन,” उनले थपे।
सहकार्य र सुशासनमा जोड
समाज विकासका लागि नागरिक, संघसंस्था, र सरकारबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त प्रशासनलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए।
जनताको विश्वास जित्न कटिबद्ध
उनले प्रदेश सरकार जनताको अपेक्षाहरू पूरा गर्न हरसम्भव प्रयासरत रहेको उल्लेख गर्दै, “हामीले देखिने र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा ध्यान केन्द्रित गरिरहेका छौं,” भने। नागरिक सम्मेलनका अवसरमा उनले सरकारको आगामी कार्य योजनाहरू जनताको आवश्यकताअनुसार परिमार्जन गर्दै अघि बढाउने प्रतिबद्धता जनाए।
सम्मेलनले नागारिकसग सम्बन्धित २८ बुदे घाेषणापत्र     मुख्यमन्त्री  आचार्य लाई हस्तान्तरण गरिएको थियो। सम्मेलनको तर्फबाट मुख्यमन्त्रीलाई घोषणापत्र हस्तान्तरण गर्दै कार्यान्वयनका लागि आग्रह गरिएको थियो। मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
 कार्यक्रममा नागरिक सहभागिता
प्रदेश सरकारले जनप्रतिनिधि र कर्मचारीहरूलाई पनि जनगुनासोको माध्यमबाट सुधार गर्ने प्रणाली विकास गरेको छ। यसले जनताको सरकारप्रतिको विश्वास बढाउने र सुशासन सुनिश्चित गर्नेमा सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?