ट्रेंडिंग:

>> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ

बुटवलमा युएनभीको शोरुम शुभारम्भ

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

बुटवल, ११ पुस । लुम्बिनी क्षेत्रका लागि युएनभी कम्पनीको उत्पादन बिक्री हुने गरि बुटवलमा शोरुम उद्घाटन गरिएको छ । विगत दुई दशकदेखी कम्प्युटर र सफटवेयरमा अनुभव बटुलेका बुटवल कम्प्युटर प्रालिका संचालक विष्णु प्रसाद गौतमले बुटवलमा युएनभी कम्पनीको सिसिटिभी क्यामरा, स्मार्ट बोर्ड, युटिपि केबल, मेमोरी लगायतका सेक्युरिटी आईटमहरुको बिक्री शोरुम संचालनमा ल्याएका हुन ।

एक समारोहका बिच युनिभ्यु डाईरेक्टर स्टेफन टाङले शोरुमको औपचारिक उद्घाटन गर्दै नेपाल प्रविधिमा पछिल्लोसमय धेरै विकास गरेको बताए । नेपालका युवाहरुको प्रविधिप्रतिको चासो र मागलाई मध्येनजर गरि कम्पनीले लगानी गरेको उनले बताए । युएनभीका उत्पादकहरु स्मार्ट स्टोरमा उपलब्ध गराउने गरि योजनाम आफुहरु रहेको भन्दै उनले हाल देशका १५० बढी डिलरहरुबाट सेवा दिदै आएको बताए ।

नेपालको लागि युएनभीको आधिकारीक बिक्रेता सामरी आईटी सोलुसन रहेको छ । ईलेक्ट्रिक क्यामरा, मोनिटर लगायतका हार्डवेयर कम्पनी उत्पादन गर्दै आएको विश्वमा नै चर्चित र गुणस्तरीयमा उत्कृष्ट रहेको यो बुटवलमा भित्राउन पाउदा धेरै गर्व महशुश गरेको उनले बताए । भिडियो निगरानी उत्पादन र समाधानहरूको एक अग्रणी विश्वव्यापी प्रदायक युनिभ्यु क्यामेरा सुपथ मुल्यमा बुटवलमा बजारमा उपलब्ध हुने संचालक विष्णु बताए । विशेष गरि गृह सुरक्षा, व्यापार निगरानी, खुद्रा अनुगमन, ट्राफिक व्यवस्थापन, स्मार्ट शहर समाधानमा यो क्यामरा उपयोगी रहेको उनले बताए । युएनभीले सम्भवतः युनिभ्यूलाई जनाउने भन्दै उनले यसका मुख्य विशेषताहरुमा कम प्रकाशमा समेत उच्च–गुणस्तर इमेज र उत्कृष्ट छवि गुणस्तरको लागि परिचित रहेको बताए । उन्नत प्रविधिका कारण अनुहार पहिचान, वस्तु पत्ता लगाउने र एआई भिडियो विश्लेषण जस्ता सुविधाहरू यसमा समावेश रहेको उनले बताए ।

कार्यक्रममा नेपाल च्यानल्स सेल्स म्यानेजर श्रदान अधिकारी, नेश्नल डिष्टिब्युटर सेल्स म्यानेजर भरत पौडेलले उत्पादनहरूको फराकिलो दायराको कारण नै बुलेट क्यामेराहरू, डोम क्यामेराहरू, पिटिजेड क्यामेराहरू, र थर्मल क्यामेराहरू सहित क्यामेराहरूको विविध उत्पादनहरु विश्वब्यापी माग बढ्दो रहेको बताए । यो ग्राहकको आवश्यकता र बजेटमा आधारित समेत रहेको छ । बजारमा पिटिजेड, एआई, नाईट भिजन लगायत विभिन्न प्रकारका गरि न्युनतम ४५०० देखि ५ लाखसम्मका क्यामराहरु उपलब्ध छन । जसमा १ वर्षको वारेन्टी र खरिद पछिको जडान र सेवाहरु उपलब्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?