ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

‘प्रदेशकै गौरव बनोस् प्रादेशिक अस्पताल’

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रदेशकै गौरव वन्ने अभियानमा रहेको विगत बर्षहरूयताका यसका गतिविधिले स्पष्ट गर्दै आएको छ । अस्पतालको नेतृत्व गर्ने व्यवस्थापन समिति र अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता हुने हो भने अस्पतालको सुधारमा ठूलो मद्दत पुग्ने अस्पतालको स्वास्थ्य सेवामा आएको परिवर्तन उदाहरण वनेको छ । त्यसैपनि यो अस्पताल नेपालकै ठूलो सरकारी अस्पताल बन्ने क्रममा अहिले निर्माणको काम भैरहेको छ । निर्माणको क्रमसंगै अस्पताललाई सुविधा सम्पन्न बनाउने अनि अस्पतालभित्र पूर्वाधार थप्दै जानेक्रम पनि चलिरहेको छ । सरकारी अस्पताल भन्ने वित्तिकै नाक खुम्च्याउने प्रवृत्ति कायमै छ तर यो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले भने उपचारपछि अस्पतालको प्रशंसा गर्ने गरेको उदाहरण प्रशस्तै छन् । अस्पतालको बहिरंग सेवामा भने विरामीको चापका कारण केही समस्या छ । दैनिक करिव पन्ध्रसयको संख्यामा आउने विरामीलाई सेवा दिनु आफैमा चुनौति हो । आगामी दिनमा बहिरंग सेवामा जनशक्ति थप गरेर विरामीले सहज उपचारको सुविधा पाउने अवस्था भयो भने यो अस्पताल प्रदेशकै गौरव गर्न लायक अस्पताल वन्ने निश्चित छ । अस्पतालको सेवा सुविधा थप्दै जानेक्रममा अस्पतालले आईतबारदेखि छुट्टै प्रसुती सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि अव सातै दिन प्रसुती सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुने भएको छ । अस्पतालमा अव आठ शैयाको रिकभरी वार्ड तथा १५ शैयाको पोष्ट अपरेटिभ शैयासहित नयाँ प्रसुती शल्यक्रिया कक्ष सञ्चालनमा आउनु भनेको यस क्षेत्रका महिला दिदी बहिनीहरूले सेवा पाउनु हो । अव छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुनेछ । यसले अस्पतालमा महिनौं पालो कुर्नुपर्ने अवस्थामा पनि सुधार हुने निश्चित छ । अस्पतालबाट बार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसुतीका लागि छुट्टै शल्यक्रिया कक्ष बनेपछि ३३ प्रतिशतले शल्यक्रिया सेवा वृद्धि हुनु खुसीको कुरा हो । अब बार्षिक १२ हजार बढीको संख्यामा शल्यक्रिया गर्न सकिने अस्पतालको भनाईले लुम्बिनी प्रादेशिक अस्पताल साँच्चैको गर्ब गर्न लायक अस्पताल वन्नेक्रममा छ भन्दा अत्युक्ति हुँदैन ।

अव अस्पतालले आन्तरिक जनशक्ति व्यवस्थापनका साथै उपकरणको व्यवस्थापनमा ध्यान दिने हो र अस्पतालका चिकित्सकका साथै स्वास्थ्यकर्मीहरूले होस्टेमा हैसे गर्ने हो भने यो अस्पताल हजारौं विरामीको आस्थाको केन्द्र बन्नेछ ।
लुम्बिनी प्रादेशिक अस्पताल सरकारको न्यूनतम सेवा मापदण्डमा धेरै पहिलेदेखि नै पहिलो बन्दै आएको छ । सरकारी अस्पताल गरिव, विपन्न र पहुँच बाहिरका विरामीको लागि आशा र भरोसाको केन्द्र हो । त्यो मात्र होइन सरकारी अस्पताललाई सवैको भरोसाको केन्द्र वनाइनुपर्दछ । तर, अझैपनि सरकारी अस्पतालको सेवाप्रति आम जनतामा विश्वासको वातावरण तयार नै हुन सकिरहेको छैन । तसर्थ सरकारी अस्पतालको सेवा प्रवाहमा कसले ध्यान दिने हो ? त्यहाँ भित्रको अवस्थाको अनुगमन कसले गर्ने ? भन्ने बिषयमा गंभीरता देखाउनु जरुरी छ । अव सरकारी अस्पतालको सुधारमा सरकारले नै प्राथमिकता दिनु जरुरी छ । प्रादेशिक अस्पताललाई जनशक्तिको हिसावले अझै सुविधा सम्पन्न बनाउनेतर्फ अस्पताल प्रशासनले आगामी दिनमा ध्यान दिनुपर्दछ । सेवाग्राही घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता अन्त्य भयो भने अस्पतालको सेवामा चुस्तता आउने छ । सरकारी अस्पतालप्रति आम मानिसमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन यो अस्पतालले नेतृत्वदायी भूमिका खेलोस् । प्रदेश सरकारले यो अस्पताललाई प्रदेशकै गौरवको आयोजना घोषणा गरेको छ । अव सेवाग्राहीले पनि त्यो महसुस गर्ने वातावरण तयार हुनुपर्दछ । सेवाग्राहीले सुलभरूपमा चिकित्सकीय सेवा पाउन सके भने निश्चितरूपमा यो अस्पतालले आफ्नो साख त बढाउने नै छ, अस्पतालका माध्यमबाट बुटवलको गरिमा समेत बृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?