ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
लुम्बिनी प्रदेशका संसदीय समितिका कार्यालय दाङ सार्नेे तयारी

उम्मेदवार भोट माग्दै, प्रदेश सरकारलाई कार्यालय सार्ने हतारो

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

बुटवल, २२ कात्तिक ।

राजनीतिक दलका उम्मेदवार यतिबेला मतदातासँग भोट माग्न व्यस्त छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहहरु मत माग्न व्यस्त रहेका बेला लुम्बिनी प्रदेश सरकारले भने संसदीय समितिका कार्यालयहरु स्थायी राजधानी दाङमा सार्ने तयारी गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार–हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको मन्त्रालय स्रोतले बतायो ।

यसअघि प्रदेशसभाको कार्यालय नै दाङ सार्ने तयारी भएकोमा सत्तापक्षकै सांसदहरुले विरोध जनाएपछि रोकिएको थियो । गत भदौमा प्रदेशसभा कार्यालय दाङ सार्न लागेको बेला चौतर्फी विरोधपछि प्रदेश सरकार रोकिएको थियो । अहिले चुनाव नजिकै आइरहेको बेला प्रदेशसभा अन्तर्गत गठित संसदीय समितिका कार्यालयहरु दाङ लैजाने गरी तयारी गरिएको हो ।

तर प्रदेशसभा सभा सचिवालयले भने निर्वाचनपछि मात्रै कार्यालय सारिने जानकारी गराएको छ । “चुनावअघि कार्यालय सर्ने कुरा हल्ला मात्र हो, चुनावपछि सर्छन्, यसअघि सार्न खोजिएकोमा विरोध भएपछि रोकिएको हो”–प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बुटवल टुडेसँग भने ।

स्थायी राजधानी दाङ तोकिएपछि राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा फलामबाट अस्थायी भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २४ वैशाख २०७८ मा ठेक्का सम्झौता गरेको थियो ।

पहिलो सम्झौताअनुसार चार महिनामा (०७८ साउनभित्र) भवन बनाइसक्नुपर्नेमा काममा ढिलाइ भएपछि प्रदेश सकारकाले निर्माण कम्पनी नै परिवर्तन गरेर भवन निर्माणलाई छिटो सक्ने गरी अर्को सम्झौता गरेको थियो, जसअनुसार असोज मसान्तभित्र काम सक्नुपर्ने हो । तर हालसम्म पनि सकिएको छैन । सचिव पुनका अनुसार अव सजावटको काम बाँकी छ ।

यता अस्थायी मुकामका संसदीय समितिका कार्यालय तथा अन्य कार्यालयहरु बुटवलबाटसार्न पटक–पटक निर्देशन आइरहेको एक कर्मचारीले बताए । “बुटवलबाट सामान सार्न ताकेता भइरहेको छ”– ती कर्मचारीले भने ।

प्रदेश सभाका सचिव पुन मगरले पनि निर्वाचनपछि मात्रै स्थायी राजधानीमा निर्माण भएको नयाँ भवनमा प्रदेशसभा वैठक सुरु गर्ने योजना रहेको बताए । प्रदेश सभाको संरचना पूरा नहुँदै सामान लैजान खोजेको भन्दै यसअघि नै विरोध भएपछि रोकिएको र अहिले सार्न लागेको भन्ने कुरा गलत भएको उनले दावी गरे ।

दाङको राप्ती उपत्यका (भालुवाङ क्षेत्र) मा स्थायी संरचनाहरु बनाएर मात्रै मन्त्रालय र प्रदेशसभा अस्थायी राजधानी बुटवलबाट सार्ने सरकारले निर्णय गरेको थियो । एमालेका सांसद भोजप्रसाद श्रेष्ठले राजधानीमा संरचना बनाएर लैजाने कुरामा कसैको दुईमत नरहेको तर अहिले चुनावको मुखमा हतार गर्नुले शंका उब्जने बताए । “भवन पूरा नहुँदै हतारोको अर्थ राज्य स्रोत दोहन गर्ने खेलो मात्रै हो”–उनले भने ।

जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्बको अस्पताल ठेक्का प्रकरणमा सरकार बद्नाम भएको र प्रदेश सरकारप्रति नै वितृष्णा प्रदा गरेको भन्दै श्रेष्ठले अस्थायी संरचनामा प्रदेश सभा सारेर थप आर्थिक भार बढाउने काम स्वीकार्य नहुने बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले प्रदेशसभा र संसदीय समितिहरु सार्ने विषयमा सत्तारुढ दलका मन्त्री र सांसदहरु नै बेखबर रहेको बताए । “प्रदेशका कुनै पनि कार्यालय वा मन्त्रालय सार्ने निर्णय भएको छैन”–मन्त्री रानाले भने ।

प्रदेश सभाको भवन तयार नहुँदै हतार गर्ने कुरामा आफूहरूको विरोध हुने कांग्रेस सांसद वैजनाथ कलवारले बताए । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले भने चुनावअघि प्रदेशसभा अन्तर्गतका कुनै पनि कार्यालय नसरेको बताए । “अव चुनावपछिको पहिलो बैठक दाङमै होला, म अहिले भूमिकामा छैन, सबै काम सचिवालयले गरिरहेको छ”–उनले भने ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले दाङ नसारिएका कार्यालयहरु सार्ने तयारी भैरहेको बताए । “प्रदेशसभा अन्तर्गतका कार्यालय प्रदेशसभा सचिवालयले सार्ने हो, नसरिसकेका भएपनि अव सर्छन, अव चुनाव नजीकै आइसकेकाले चुनाव लगत्तै सर्छन्”–उनले भने ।

२०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी ) क्षेत्रलाई तोकेको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचनाहरु त्यार गरेर मात्र बुटवलबाट प्रदेश सभा र मन्त्रालयहरु स्थायी राजधानीमा लैजाने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?