ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

आयात निर्यातमा सुधार जनताको अवस्थामा सुधार कहिले ?

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएको समाचारले देशको आर्थिक अवस्थामा केही भएपनि प्राण सिञ्चित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक व्यापार चार दशमलव २१ प्रतिशतले बढेको छ । यस वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । देशको आर्थिक अवस्थामा सुधार भैरहँदा जनताको अवस्थामा कहिले ? सरकार यो बिषयमा गंभीर हुनु जरुरी छ । साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घटिरहेकोमा पछिल्ला दुई महिनामा आयात निर्यात दुवै बढेको अवस्थाले नेपालको आर्थिक अवस्थामा अव सुधार हुने अपेक्षा गरिएको छ । देशको आर्थिक अवस्थामा परिवर्तन हुँदैगर्दा नेपाली जनताको जीवनमा सुधार कहिले होला ? सरकारले अव यसतर्फ ध्यान दिनुपर्दछ । पछिल्लोसमय दैनिक अत्यावश्यकीय वस्तुको बजार भाउमा वृद्धि भएको छ । दैनिक जीवनयापनका निम्ति आवश्यक चामल, दाल, तरकारी, तेल आदिको भाउ बढेको छ । दशैँताका बढेको भाउमा अझ थपिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण देखाएर व्यापारीले आमउपभोक्ताको टाउकोमा मूल्य बृद्धिको भार बोकाएका छन् । सरकारले उपभोक्तालाई राहत दिने काम गर्नुपर्नेमा उल्टो मूल्यबृद्धिको भार बोकाएको छ । मूल्य नियन्त्रणमा सरकारले खासै चासो दिएको समेत छैन । चाडपर्वका बेला गरिएका मौसमी अनुगमन अहिले रोकिएको छ । कुन बस्तुमा कति मूल्य बढ्यो भन्ने कुरा अनुगमन नहुँदा सरकारका निकायसमेत अनभिज्ञ छन् । यसरी बजार भाउमा वृद्धिलाई पक्कै पनि स्वाभाविक विषय मान्न सकिँदैन् । चाडपर्वको मुखमा बढेको भाउ त्यसपछि कम हुने गरेको छैन । यो पहिलेदेखिकै परम्परा हो । नियमनकारी सरकारी निकायलाई बजार अनुगमन गर्ने फर्सद छैन । व्यापारीहरूले मौकाको फाइदा उठाएर आफूखुसी बजार भाउ बढाएको पाइएको छ । निश्चितरूपमा समाजप्रति सबैको केही न केही उत्तरदायित्व हुनुपर्दछ । यस अर्थमा समाजप्रति व्यापारीहरूको पनि उत्तरदायित्व हुन्छ । तर, मूल्य नियन्त्रण गरेर उपभोक्तालाई राहत दिन व्यापारीहरूले कहिल्यैपनि चासो देखाएनन् । कतिपय कारणले अन्तर्राष्ट्रिय बजारमा समेत दैनिक उपभोग्य सामग्रीको भाउमा वृद्धि हुँदा नेपालमा बढ्नु स्वाभाविकै भएपनि बाह्य प्रभाव नहुँदा नेपाली बजारमा भाउ बढ्नु कदापि राम्रो मान्न सकिदैन् । उपभोक्तालाई राहत दिन सरकारले नसकेपनि उपभोक्ता आफै सस्तो बजार खोज्दै भारतीय बजार जान बाध्य हुने गरेका छन तर अहिले भन्सार नियन्त्रणका नाममा सामान्य उपभोक्तालाई कडाई गर्ने गरिएको छ । त्यसो त नेपालको बजार भारतमै बढी निर्भर हुने गरेको छ । भारतले यसअघि चामलमा लगाउँदै आएको २० प्रतिशत कर छुट दिँदा पनि नेपालमा आयातित भारतीय चामलको भाउमा वृद्धि हुनुका पछि को जिम्मेवार छ ? सरकारले यो बिषयमा मिहिन ढंगले सोच्नु जरुरी छ । नेपाली बजारमा दैनिक उपभोग्य बस्तुमा वृद्धि हुनु नेपाली आम उपभोक्तालाई जीवनयापन गर्न थप सास्ती दिनु हो । यो बिषयमा अव सरकारको ध्यान जाओस् । सरकारको आर्थिक अवस्था सुधार भएरमात्रै हुँदैन, जनताले राहतको महसुस गर्न नपाउँदासम्म आर्थिक सुधारले खासै अर्थ राख्दैन् । तसर्थ अवको दिनमा सरकार आफै मूल्य वृद्धि नियन्त्रण गर्न अग्रसर बनोस् । उपभोक्ताको हितमा खुलेका उपभोक्ता हित संरक्षण मञ्चहरू निदाएका छन् । उनीहरूको पनि ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?