© २०२३
बुटवल, ९ पुस ।
बुटवलमा आयोजित औद्योगिक व्यापार मेलामा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले दुर्घटना न्युनीकरणका लागि सचेतना अभियान चलाएको छ ।
बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको मेलामा कोषले स्टल राखेर दुर्घटना न्युनीकरण र दुर्घटनापछिको आर्थिक सुरक्षाका लागि भलाई कोषमा आवद्ध हुन सवारी प्रयोग कर्ता आम सर्वसाधारणलाई आह्वान गरेको छ ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले दुर्घटना न्युीकरणसँगै दुर्घटनापछिको आर्थिक सुरक्षाका लागि भलाई कोषले काम गर्दै आएको बताए । “निजी मोटरसाईकल, कार, अन्य निजी तथा सार्वजनिक सवारीका साधन कोषमा आवद्ध हुने हो भने दुर्घटनापछिको ठूलो आर्थिक बोझ र झन्झटबाट मुक्त हुन सकिन्छ, त्यसका लागि कोषले अभिषन चलाइरहेको छ”–उनले भने ।
बुटवल मेलाको स्टल नं. ३ मार्फत सचेतना फैलाइरहेको कोषले विभिन्न संघसंस्थासँग पनि सम्झौता गरिसकेको छ । कोषले एकवर्ष नियमित कोष शुल्क बुझाएका सवारी धनीको २ लाख रुपियाँसम्मको दुर्घटना बीमा गर्ने गरेको छ । भलाई कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षति व्यहोर्दै आइरहेको बताउँदै अध्यक्ष फुल्लेलले सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिकसंग हातेमालो गरेर दुर्घटना न्यूनिकरण प्रशिक्षण पनि गर्दै कोषले आएको बताउनुभयो । भलाई कोषले भैरहवामा आयोजित मेलामा पनि स्टल राखेर सचेतना अभियान चलाएको थियो ।