ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर १, १३ र १४ विजयी

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

दाङ, ८ पुस ।

घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सोमबार भएका ३ खेलमा १६ गोल भएको छ ।

लिग चरणका खेल अन्तरगत प्रतियोगिताको चौथो दिन भएका ३ खेलमा वडा नम्बर १३, वडा नम्बर १ र १४ विजयी भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा सोमबार बिहान समुह डी अन्तरगत रहेका वडा नम्बर ४ र १३ बिच भएको आठौँ नम्बरको खेलमा वडा नम्बर १३ ले ८–० गोलको सहज जीत निकाल्दै विजयी यात्रा कायम राखेको छ ।

वडा नम्बर १३ लाई जित दिलाउन विक्रम जिएमले ह्याट्रिक गर्दा कमल बिकले २ गोल, खुमबहादुर जिएम, सरोज कुमाल र प्रमोद बुढाले १–१ गोल गरे । लिग चरणको आफ्नो दोस्रो खेलमा लगातार दोस्रो जित निकालेको वडा नम्बर १३ ले कुल ६ अंक जोड्दै समूह डी को शीर्ष स्थानमा छ ।

आज भएको नवौँ नम्बरको अर्को खेलमा ए समुहबाट वडा नम्बर १ ले २–१ गोलको जित निकालेको छ । वडा नम्बर १ र ७ बीच भएको खेलमा वडा नम्बर १ का लागि बासुदेव रावत र बिमल कामीले गोल गर्दा वडा नम्बर ७ का करन बोहराले दोस्रो हाफको १३ मिनेटमा गोल गर्दै टीमलाई खेलमा फर्काउने कोशिस गरेपनि हार टार्न सकेनन् ।

योसँगै वडा नम्बर १ ले आफ्नो पहिलो खेलबाट ३ अंक जोडेको छ भने लिग चरणको आफ्नो दोस्रो खेल खेलेको वडा नम्बर ७ ले यसअघि पाएको १ अंक छ । प्रतियोगिता अन्तरगत समूह सी बाट सोमबारको १०औँ नम्बरको खेलमा वडा नम्बर १४ ले सहज जीत दर्ता गरेको छ ।

वडा नम्बर ५ र १४ बिच भएको खेलमा वडा नम्बर १४ ले ५–० जीत निकालेको हो । वडा नम्बर १४ का लागि जयानन्द नेपालीले फ्रि किकमार्फत २ गोल गर्दा सुजन चौधरीले पनि २ गोल तथा अविनाश चौधरीले १ गोल गरे । योसँगै वडा नम्बर १४ ले पनि ३ अंक जोडेको छ । योसँगै चौथो दिनसम्म लिग चरणका ११ वटा खेल सकिँदा कुल ५१ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलार पनि लिग चरणका ३ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ ।

चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ । सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइलन खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?