© २०२३
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से १३.५३ अंकले घटेर २,५८३.२९ विन्दुमा बन्द भएको हो।
नेप्सेका अनुसार, आजको कारोबारमा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा ८५ कम्पनीको शेयरमूल्य बढ्दा, १५३ कम्पनीको शेयरमूल्य घटेको छ भने, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
आजको कारोबारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, र ङादी हाइड्रोपावर लिमिटेड कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, सप्तकोशी विकास बैंक लिमिटेडको शेयरमूल्य ६.४० प्रतिशतले घटेको छ। रिभरफल्स पावर लिमिटेडको आज सर्वाधिक कारोबार भएको छ, जसको २२ करोड ३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।