© २०२३
बुटवल, ७ पुस । विश्वप्रशिद्ध भेहिकल आयसर ब्राण्डका रुट बसका ग्राहक भेला बुटवलमा सम्पन्न भएको छ । बतास एमएडब्लु तथा अटोवेज प्रालिको संयुक्त आयोजनामा भएको कार्यक्रममा ११ मिटर तथा १२ मिटरका रुट बस च्यासिस सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बतास एमएडब्लु कमर्सियल भेकलका भाइस चेयरम्यान हेमन्त पुरानिकले बजारको माग अनुसारको नया च्यासिस ल्याएको बताए । धेरै अध्ययन र अनुसन्धानको आधारमा नया मोडल तयार भएको उनले बताए ।
कार्यक्रममा बतास एमए डब्लु कमर्सियल भेकल भेकलका सेल्स हेड रघुनाथ पौडेलले ट्रक, बस र टिप्परको बिक्रेता आयसरको नया उच्च तनाइ क्षमता र कम तेलमा पनि उच्च तहै क्षमता भएका गाडीहरू १८० हर्सपावर र १९२ हर्षवरमा गाडीहरू प्रदर्शनी राखिएका बताए । नयाँ गाडीहरूमा सुरक्षाकै हिसाबले रिटार्डर ब्रेक तथा कम्पनी बिल्ड एसी कम्प्रेसर सहितको विशेषता भएका उनले बताए । बजारमा नया च्यासिसहरुको प्रदर्शनी तथा छलफलमा आयसर कम्पनी भारतबाट समेत उपस्थिती रहेको उनले बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायिक संघका अध्यक्ष दधिराम खरेलले ब्यवसायीमैत्री सवारी बजारमा आएको बताए । उच्च क्षमता र सुरक्षाको हिसाबबाट समेत उपयुक्त नयाँ प्रविधिहरु गाडीमा भएको उनले बताए ।
कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले सवारी बिक्रीपछि ग्राहकमा आउने सुविधा तथा विक्रीपछिको सुविधाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रोडक्ट हेड प्रदिप पौडेल, बुटवल शाखा प्रमुख खोमराज पौडेलले रुपन्देही सवारीको हबका रुपमा रहेको हुदा पनि बुकिङ खुल्ला गरिएसंगै उल्लेख्य संख्यामा बुकिङ भएको बताए ।