ट्रेंडिंग:

>> सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित >> रवि लामिछानेको सांसद पद निलम्बनमा >> अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक >> दोहोरो अंकको गिरावट, १३.५३ अंकले घट्यो नेप्से >> ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो >> हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित >> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व

महिला उद्यमीका लागि श्रोतको खोजी

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

बुटवल, ७ पुस । घरायसी काममा दिन बिताउने सुनवलका महिलाहरुलाई आयआर्जनमा जोड्ने गरि रोटरी क्लब अफ बुटवल डाउनटाउनले कार्यक्रम शुरु गरेको छ । सुनवलका सामुदायिक वनमा सालको रुखबाट वर्षेनी खेर जाने पातलाई उपयोग हुने गरि आयआर्जनमुलक पेशामा महिलाहरुलाई आर्कषित गर्ने गरि अभियान थालेको हो ।

टपरी बनाउने उद्योगलाई आवश्यक पर्ने सालको पात सामुहिक संकलन गरि खपतको ब्यवस्थापनमा सघाउने गरि कार्यक्रम ल्याउन लागेको क्लबका अध्यक्ष शिव ज्ञवालीले बताए । महिला उद्यमीका लागि श्रोतको खोजी अन्तरगत रहेर उद्योगको आवश्यकता पुरा हुने र यता खेर गएका पातलाई बजारीकरणमा सहयोग हुनेमा आफुहरु आशाबादी भएको उनले बताए । ‘यो पहिलो चरणमा समन्वयका काम हो ।’— उनले भने । बिस्तारै साना उद्योगबाट गाउघरमा नै मेशिन राख्ने गरि रोटरी फण्डमा आग्रह गर्ने उनले बताए ।

महिलालाई आत्मनिर्भर बनाउने गरि बुटवलका टपरी फैक्ट्रीसंग सहकार्य गरि आर्थिक सबल बनाउने गरि कार्यक्रम अघि सारेको हो ।
कार्यक्रममा क्लबका पूर्व एजी रबिलाल पोखरेलले विगतबाट नै महिला उद्यमका कार्यक्रममा क्लबको अगुवाई रहेको बताए । उद्योगबाट प्रति केजीको २० रुपैया उपलब्ध हुने गरि समन्वय गरिएको उनले बताए । कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्य, महिला उद्यम केन्द्र सोनी रानाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र सक्षम बन्ने भन्दै यस्ता कार्यक्रमहरुलाई जोड दिनुपर्ने बताए ।

यसैबिच रोटरी क्लब अफ बुटवल डाउनटाउनले लुम्बिनी माध्यामिक विद्यालय सुनवललाई गिजर हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच सुनवल नगरपालिका, वडा नं १ का वडाअध्यक्ष मन बहादुर थापा, क्लबका अध्यक्ष शिव ज्ञवाली, पूर्व एजी रबिलाल पोखरेल, चुनिया गुरुङ, जोईन्ट सेक्रेटरी प्रेमा केसी, सर्जेट आर्म विद्या थापाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरुङ, विद्यालयका प्रअ हुमनाथ सुवेदीलाई गिजर मेशिन हस्तान्तरण गरेका हुन ।

विद्यालयमा आवासिय रुपमा अध्ययरत अपाङता भएका २० जना विद्यार्थीहरुलाई जाडोमा तातोपानी उपलब्ध हुने गरि गिजर उपलब्ध गराईएको क्लबका अध्यक्ष शिव ज्ञवालीले बताए । यसैगरि विद्यालय परिवारलाई रोटरी फोर वे टेष्ट समेत हस्तान्तरण गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?