Butwal Today

आज फेरी घटयो नेप्से

३ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौ ।

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।