© २०२३
गुल्मी, ३ पुस ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा महिला हत्याको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । इस्मा गाउँपालिका–४ अन्तरगत हुलकी ५० बर्षीया मिना दर्लामीको हत्या गरेको अभियोगमा छिमेकी ४८ बर्षीय मिन बहादुर अछामी पक्राउ परेका हुन ।
हत्यापछि फरार बनेका अछामीलाई प्रहरीले मङ्गलबार गुल्मीको रिडीबाट पक्राउ गरेको हो । दर्लामीको हत्यापछि असुन्धानको घेरामा रहेका अछामी पक्राउ परेपछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिएका छन । अछामीले प्रहरीको प्रारम्भिक बयानमै लामो समयदेखिको घरायासी साँध सिमानाको बिबादका कारण मादक पदार्थ सेवन गरि दलार्मीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मङ्सिर ३० गते राति मिना दर्लामी शरिरभरी खुकुरी प्रहारबाट शरिरभरी चोटैचोट लागेको अबस्थामा घरमै मृत फेला परेको प्रहरी निरीक्षक थापाले बताए । अनुसन्धानको क्रममा दर्लामीका श्रीमान शिव बहादुर दर्लामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर छिमेकी अछामीले हत्या स्वीकार गरेपछि दर्लामीलाई प्रहरीले छोडिदिएको छ । अभियुक्त अछामीलाई आजै अदातलबाट म्याद थप गरि घटनाको बारेमा थप अनुसन्धान गरिने बताईएको छ ।