ट्रेंडिंग:

>> जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि >> वसन्त ऋतुमा हिमाल आरोहणका लागि ३५ समूहका ३३० जनाले पाए अनुमति  >> लिङ्देनको प्रस्ताव: समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं >> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

रूपन्देहीको विकासमा मेलाको योगदान

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने नाराका साथ २४ औं संस्करणको औद्योगिक व्यापार मेला आजदेखि सुरु हुँदैछ । औद्योगिक व्यापार मेलाले यस क्षेत्रमा औद्योगिक जागरण सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । त्यसका साथै बुटवल लगायत समग्र रूपन्देहीको आर्थिक गतिविधि बढाउन मेला सहयोगी हुने विश्वास गरिएको छ । मेलाले स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन. । त्यसैगरी बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिस्कृत रूपमा यो मेलाको आयोजना गरिएको आयोजक बुटवल उद्योग बाणिज्य संघको दावी छ । निश्चित रूपमा औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलाले कृषि, सेवा र हस्तकलाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी हुँदा यस क्षेत्रमा मेलाको पक्षमा जागरण सिर्जना हुनेछ । आयोजकले मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी मेलाको तयारी भएकोले मेला आर्थिक विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै मेलाको सफलता झल्किएको छ । अर्कोतर्फ मेलामा औद्योगिक प्रविधि, नेपाली उद्योग र तिनको उत्पादन, अर्गानिक बस्तुको प्रदर्शनीले उद्योग, उत्पादन र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने विश्वास गरिनु अन्यथा होइन । उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, पर्यटन संभावनाको क्षेत्र पहिल्याउने, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने आयोजकको योजनाले यो मेला सफल हुने कुरामा सन्देह छैन ।

बुटवलका विभिन्न व्यावसायीक संघ संस्थाले आलोपालो गर्दै मेला, प्रदर्शन र महोत्सव गर्दै आएका छन । यसरी आयोजना हुने मेला, प्रदर्शनी र महोत्सवले निश्चित रूपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । त्यसैपनि अहिले मुलुक आर्थिक रूपमा त्यति सबल छैन । सरकारलाई आर्थिक श्रोत जुटाउन र खर्च धान्न मुस्किल परिरहेको छ । बुटवलमै व्यवसायको अवस्था नाजुक छ । यो विद्यमान परिस्थितिको अन्त्यका लागि बुटवल मेला कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । मुलुकमा आर्थिक संकटको यो घडीमा समेत मेला आयोजना हुनु राम्रो संकेत हो । भैरहवा र मणिग्राममा भर्खरै महोत्सव र मेला सम्पन्न भएको छ । त्यो महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि बृद्धि गरि राष्ट्रिय उत्पादनमा सहयोग पुगेको छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश संकटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको संचार गरेको छ । पछिल्लोसमय रूपन्देहीमा भैरहेका मेला र महोत्सवले यस क्षेत्रको उद्योग र व्यापारको क्षेत्र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवामा सम्पन्न लुम्विनी महोत्सवले नेपालका उद्योगले उत्पादन गरेका उत्पादन उपभोक्ताले चिन्न र किन्ने मौका पनि पाएका छन । नेपालकै उत्पादनको विषयमा उपभोक्तालाई जानकारी नभएको अवस्थामा महोत्सवले त्यो अवसर जुराएको छ । त्यसैगरी मणिग्राममा सम्पन्न मेलाले पनि यस क्षेत्रको औद्योगिक जागरणमा महत्वपूर्ण सहयोग पुगेको हो । मेला र महोत्सवका गतिविधिले केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन् । मेला र महोत्सवको चहलपहलले देशलाई आर्थिक सम्मृद्धितर्फ उन्मुख गराउन ठूलो मद्दत गर्दछ । यस प्रकारका मेला महोत्सवलाई आगामी दिनमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?