Butwal Today

लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि

२ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २ पुस ।

मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ ।यस अघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो ।

धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ ।मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै, मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।