ट्रेंडिंग:

>> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी >> रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने >> नेपाली महिला क्रिकेटले रच्यो इतिहास

‘हाम्रो राष्ट्रिय झण्डाः हामी नेपालको शान’

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

राष्ट्रिय झण्डा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी सोमबार मनाईएको छ । यो दिवस सरकारले अहिलेसम्म औपचारिक कार्यक्रम गरि मनाएको आम नेपाली नागरिकले अहिलेसम्म थाहा पाएका छैन । सरकारले राष्ट्रिय झण्डा दिवसको औपचारिकता पूरा गर्नेसम्म काम नगर्नु चिन्ताको कुरा हो । विक्रम सम्बत २०७५ साल पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको इतिहास छ । राष्ट्रिय झण्डा वि.सं. २०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय झण्डा हामी नेपालीको राष्ट्रिय शान हो । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा नेपालको विशिष्ट पहिचान हो । नेपालको जस्तो राष्ट्रिय झण्डा अरू कुनैपनि देशको छैन । नेपालको राष्ट्रिय झण्डाले जबसम्म चन्द्र र सूर्य यो पृथ्वीमा रहन्छन, तबसम्म राष्ट्रिय झण्डा रहन्छ, अर्थात नेपालको अस्तित्व कायमै रहन्छ भन्ने सन्देश दिन्छ । तसर्थ हाम्रो राष्ट्रिय झण्डाले केवल वर्तमानमा मात्रै होइन बरु विगत र भविष्यको समेत प्रतिनिधित्व गरिरहेको छ । नेपाल एक बहुभाषी र बहुसांस्कृतिक मुलुक हो । नेपालको आफ्नो अलग्गै पहिचान र गौरव छ । नेपालको झण्डा विश्वकै लागि गौरवको बिषय छ । यसको पाँच कोण, झण्डामा चन्द्र सूर्य अंकित विशेषता तथा यसको रंग संसारकै लागि विशेष पहिचान दिएको छ । यो दिवस अहिलेसम्म राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनाउँदै आएर कम्तिमा औपचारीकता भएपनि पूरा गर्दै आएको छ । सरकारी तबरबाट दिवसको कार्यक्रम भएको नेपाली जनताले जानकारी पाएका छैनन् । यो दिवसले नेपालीलाई राष्ट्रिय झण्डाको महत्व बुझाउन सार्थक भूमिका खेल्छ । आजको युवा पुस्तालाई हाम्रो राष्ट्रिय झण्डाको विशेषताका बिषयमा पनि जानकारी दिनु आवश्यक छ । उनीहरूले राष्ट्रिय झण्डाको महत्वलाई नेपालमा मात्रै होइन, विश्वसामु परिचय दिनु आवश्यक छ ।

नेपाल र नेपालीको अस्तित्व रहेसम्म राष्ट्रिय झण्डाको अस्तित्व रहन्छ । बिडम्वना भन्नुपर्दछ– जसरी राष्ट्रिय झण्डाको गरिमा र ओज बढाउनु पर्ने हो, राष्ट्रिय झण्डाको जति सम्मान गरिनुपर्ने हो, त्यसमा कमी आएको छ । राष्ट्रिय झण्डाको अहिले दुरूपयोग भैरहेको छ भन्दा आम नेपाली जनतालाई दुःख लाग्नु स्वाभाविक छ । हुनपनि त्यस्तै भएको छ । राष्ट्रिय झण्डा कहाँ प्रयोग गर्ने भन्ने नै थाहा नहुँदा यसको मनोमानी प्रयोग भैरहेको छ । अझ भनौं दुरूपयोग बढिरहेको छ । झण्डाको उपहास भैरहेको छ । झण्डालाई खुम्चाउनु, च्यात्न, आगो लगाउन, विरोध सभा, नारा जुलुस हुने स्थानमा झण्डाको दुरूपयोग हुने गरेको छ । राजनीतिक सभा सम्मेलनमा समेत राष्ट्रिय झण्डाको प्रयोग गरिनुहुदैन । राष्ट्रिय झण्डाको प्रयोग राष्ट्रिय गौरव, राष्ट्रिय सम्मान तथा देशको पहिचान अन्तर्राष्ट्रिय रूपमा चिनारी प्रस्तुत गर्नका लागि प्रयोग हुनुपर्दछ । राष्ट्रिय झण्डालाई घाँटीमा बाँधेर फोटो खिच्ने, झण्डाको प्रयोग गरि शरीरमा लगाउने, कपडा बनाई प्रयोग गर्नु यसको दुरूपयोग हो । राष्ट्रिय झण्डाको संरक्षण गर्नेतर्फ सरकार समेत अनभिज्ञ रहँदै आएको छ । अहिलेसम्म राष्ट्रिय झण्डा प्रयोगको बिषयमा सरकारले आचारसंहिता समेत तय गरेको छैन् । यो दिवस मनाईरहँदा राष्ट्रिय झण्डाको प्रयोगका सन्दर्भमा एउटा मापदण्ड तय गर्नेतर्फ सरकारको ध्यान जाओस् । सरकारले कुन दिवसलाई कति महत्व दिने भन्ने कुरामा समेत हेक्का गरोस् । नेपालको राष्ट्रिय पहिचानसंग जोडिएको राष्ट्रिय झण्डाको गरिमा बढाउने, यसको दुरूपयोग हुन नदिने, झण्डा प्रयोग गर्ने बिषयमा सचेत रहने बिषयमा सरकारले अलग्गै मापदण्ड बनाउनु जरुरी छ । अहिले देशदेखि बिदेशसम्म राष्ट्रिय झण्डाको प्रयोग वा दुरूपयोग भैरहेको छ । झण्डा नराख्नुपर्ने स्थानमा झण्डा राखेर राष्ट्रिय अस्मिताको मानमर्दन गर्ने गरिएको छ । तसर्थ अवको दिनमा राष्ट्रिय झण्डा प्रयोगको बिधि बनाउनु जरुरी छ । यसतर्फ सरकारमात्रै होइन, आम नेपाली नागरिकले पनि चासो राख्नु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?