© २०२३
बुटवल, १ पुस । बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल–२०८१ मा यो पटक ‘अब हस्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी नया कार्यक्रममार्फत दर्शकलाई हसाईने भएको छ । मेलाको मुख्य आर्कषण मानिने सास्कृतिक उपसमितिको यसपटक पनि अघिल्लो वर्षभन्दा फरक र आर्कषक कार्यक्रमको तयारीमा लागेको बताएका छन । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष ३ देखि १८ गतेसम्म, बुटवल मण्डप आयोजना हुने मेलाको सास्कृतिक कार्यक्रममा नया विधाहरु हुने भएको हो ।
सास्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले बढिभन्दा बढी दर्शक तान्ने सास्कृतिक कार्यक्रम भएको हुदा समयको माग र दर्शकको चाहना अनुसार कार्यक्रमहरु तयार भएको बताए । दर्शक हसाउने कलाकार जन्माउने ‘अब हस्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी आयोजना हुने उनले बताए । हरेक वर्ष गितसंगित र कला क्षेत्रका युवाहरुलाई अवसर दिने प्लेटफर्मको रुपमा मेलाको सास्कृतिक पाटो भएको उनले दाबी गरे । धेरै पछि बुटवलको महोत्सवमा स्थानिय लोकल ब्याडको प्रस्तुती समेत हुने भएको छ । बसन्त श्रेष्ठको नेतृत्वमा सात वटा स्थानिय ब्याडहरुको प्रस्तुति रहने बताए । लोकदोहरी प्रतियोगितामा हालसम्म १० टिम दर्ता भईसकेको, विद्यालयस्तर लोकनृत्य प्रतियोगितामा ३५ विद्यालयलाई पत्राचार गरिएको र दर्ता प्रक्रिया चलेको उनले बताए । यसैगरि लोक भजनतर्फ ३० टिम सहभागी हुने आकलन रहेको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले विधागत संयोजक तोकेर जिम्मेवारीसहित कामको बाडभाड गरिएको बताए । १२ औ संस्करणको प्रदर्शनीमा आईपुग्दा धेरै कलाकारहरु मेलाबाट उत्पादन भएको भन्दै उनले संस्कृति जगेर्नालाई जोडेर मेला महोत्सवको सास्कृतिक कार्यक्रम हुने उनले बताए । लोक कलाकारहरुलाई विशेष प्रस्तुति रहने उनले बताए ।
कार्यक्रममा सल्लाहकार खिम बहादुर हमालले बुटवलको मेलामा ०५६ सालमा लोकदोहरी प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै त्यसबेला गाउगाउबाट सहभागी ल्याउने गरिएको बताए । भेषभुषा र संस्कृति दुबैलाई जोड दिएर लोकदोहरी कार्यक्रम चलाउदा यो नै मेलामहोत्सवको ब्राण्ड बन्न सफल भएको उनले बताए ।
कार्यक्रममा संघका महासचिव मुक्ति अधिकारीले सास्कृतिक फाट महत्वपुर्ण हुने बताए । स्थानिय कलासंस्कृतिलाई जोडेर मेलालाई दशर्कमय बनाउने माध्यम भएको हुदा पनि विशेष प्राथमिकता दिईएको उनले बताए । कलाकारलाई बढिभन्दा बढि स्टेज शोको अवसर दिने उनले बताए ।
कार्यक्रममा लाफ्टर प्रतियोगिताका संयोजक गोपाल अधिकारीले पुसको मेला भनेको एउटा पर्वको रुपमा चिनिने बताए । अन्य क्षेत्रमा चलेको मेलामहोत्सवभन्दा बुटवलको आकर्षक र फरक हुने गरेको उनले दाबी गरे । यसपटक नया विधाका रुपमा अब हस्छ बुटवल (लाफ्टर च्यालेन्ज) स्यण्डअप कमेडी प्रतियोगिता गर्न लागेको उनले बताए । अघिल्लो संस्करण रयापर प्रतियोगिता गरिएको उनले स्मरण गरे । यसैगरि अहिलेसम्म बुटवल आईडल विजेताहरुलाई एउटै स्टेजमा प्रस्तुति समेत राखिने उनले बताए । यसैगरि विविध सास्कृतिक उपसमितिका संयोजक सिता रानाले धार्मिक, जातिगत संस्कृतिहरु प्रदर्शन हुने बताईन ।
कार्यक्रममा उपसमितिका सहसंयोजक सुमन श्रेष्ठ, दोहोरी गित संयोजक दामोदर बश्याल, विद्यालयस्तर लोकनृत्य प्रतियोगिता संयोजक सुन्दर गुरुङ, लोकभजन संयोजक रितु थापाले तयारी अन्तिम चरणमा पुगेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी