© २०२३
बुटवल, –
पाल्पाको तानसेन नगरपालिका ९ तिन्टीआँटमा रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लुम्बिनी प्रदेशमा उत्कृष्ठ सहकारी घोषित भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभाको अवसरमा सहकारीलाई उत्कृष्ट प्रादेशिक सदस्यको रुपमा सम्मान प्रदान गरिएको हो । सहकारीका अध्यक्ष घनश्याम घिमिरेलाई सम्मान गरिएको छ ।
मदनपोखरा बहुउदेश्य सहकारीले सहकारीको विकास, प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रादेशिक सदस्य (बचत तथा ऋण बाहेकका कारोवार गर्ने लुम्बीनी प्रदेशका सदस्य संस्थाहरुमध्ये) सम्मान ÷ पुरस्कार विधामा सम्मानित गरिएको सम्मानित गरिएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिएका छन् ।