© २०२३
सुर्खेत ।
नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा विष्णुप्रसाद शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।
शर्माले उनका निकटतम प्रतिद्धन्दी गणेश कञ्चन भारतीलाई आठ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । शर्माले दुई सय ९६ र भारतीले दुई सय ८८ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारी पनि शर्माकै पुरै प्यानल विजयी भएका छन् ।
निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष महिलातर्फ अप्सरा विष्ट (सुर्खेत), उपाध्यक्ष पुरुषतर्फ लक्ष्मण केसी (रुकुमपश्चिम), महासचिव खगेन्द्रप्रसाद भट्टराई (कालीकोट), सचिव विष्णप्रसाद न्यौपाने (कालीकोट), समावेशी सचिवअशोक राजी (सुर्खेत) र कोषाध्यक्षमा ईश्वरज अधिकारी (सुर्खेत) रहेका छन् ।
प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानल बनाएर शर्माको नेतृत्वमा चुनावी मैदानमा थियो । त्यसैगरी भारतीको नेतृत्वमा प्रेस सेन्टर र प्रेस युनियनको टिम चुनावी प्रतिस्पर्धामा थियो ।