© २०२३
बुटवल, २९ मंसिर । पर्यावरण वातावरणमैत्री नया चारपाग्रे जिक्कर लन्च गरिएको छ । नेपालमा अटोमोबाईल क्षेत्रमा अग्रसर शारदा ग्रुप अन्तरगतको पायनियर मोटो कपले जिलिको ईभि जिक्कर एक्स भित्राएको हो । एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उज्वल कसजु, उपाध्यक्ष सुरज भट्टराई, पायनियर मोटो कपका जिएम ज्ञानेन्द बहादुर चन्दले रुपन्देहीमा लन्च गरेका हुन ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले समयसापेक्ष ईभि सवारीमा थप सुविधासम्पन्न चार पाग्रे अगाडी आएको बताए । चाईनामा जिलि कम्पनी विगत ३ दशकअघि स्थापना भएर मोटर उत्पादनमा लागेको बताए । सवारीको बजारमा सहज उपलब्धतासंगै विक्रिपछिको सेवा सुविधालाई मुख्य जोड दिने गरिएको उनले बताए । रिसेल भ्यालु, सहज चार्जिङको समेत ब्यवस्थामा जोड दिनुपर्ने उनले सुझाव दिए । सडक संजाल निर्माण पुरा भएसंगै नया सवारीको विक्रीमा थप हुनेमा आशाबादी रहेको उनले बताए ।
कार्यक्रममा पायनियर मोटो कपका जिएम ज्ञानेन्द बहादुर चन्दले नेपालमा ईभी तिब्र गतिमा बिस्तार भएको दाबी गरे । नेपालमा विद्युत सस्तो, सहज उत्पादन, सवारीको प्रविधि निक्कै आकर्षक रहेको उनले बताए । ईभीको धेरै ब्रान्ड बजारमा आएको भएपनि त्यसमा जिक्कर फरक रहेको उनले दाबी गरे । उत्पादन कम्पनी र त्यसको विश्वब्यापी रेकिङ, नेपाली बजारमा ल्याउने ईम्पोर्टेर र सेवापछिको सेवा कस्तो सुविधा दिन्छ भन्ने मुख्य भएको उनले बताए। चार्जिङ स्टेशनमा कस्तो लगानी गरेको छ त्यो मुख्य भएको उनले बताए । काठमाडौ पछि लुम्बिनी ईभिको दोस्रो ठुलो बजार भएको उनले बताए । युरोपमा विकास भएको प्रविधि जेक्कर चाईनामा उत्पादन भएको उनले दाबी गरे । विश्वब्यापी रुपमा नेदरल्यान्ड, काजकिस्तान, दुबई, फिलिपिन्स, थाईलैण्ड, हङकङ, मेक्सिको, सिगापुर र नेपालमा लन्च भएको उनले बताए । चाईनामा सन १९८६ मा उद्योग शुरु गरेको जेलिले सन १९९६ मा संचालक एरिक लि ले अटोमोबाईल शुरु गरेका थिए । मोटरको ४४० किलोमिटर रेन्ज रहेको छ ।
कार्यक्रममा बुटवल स्वोरुम हेड राजु थापाले रुपन्देहीमा ईभीको राम्रो बजार रहेको बताए । नेपालका २५ स्थानमा चार्जिङ स्टेसन बनाईसकेको भन्दै सय बढि स्थानमा निर्माणको तयारी रहेको उनले बताए ।