© २०२३
काठमाडौं, २६ मंसिर ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो । सभालाई सम्बोधन गर्दै बैंककी अध्यक्ष जरिन दारूवालाले भनिन्, ‘नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा हामी खुशी छौं ।
’प्रभावकारी रूपमा सञ्चालन हुन सकेकै कारण बैंकको सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) यो क्षेत्रकै उच्च (१९ प्रतिशत) रहेको समेत उनले उल्लेख गरिन्।आर्थिक वर्ष २०८०/८१ मा बैंकको सञ्चालन नाफा चार अर्ब ७० करोड रूपैयाँ थियो । बैंकको खुद मुनाफा तीन अर्ब ३० करोड रूपैयाँ थियो भने प्रतिसेयर आम्दानी ३४ रूपैयाँ ७० पैसा थियो । बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।