© २०२३
बुटवल, २४ मंसिर ।
आफ्नो सवारी साधन कुन स्थानमा छ । कसैले चोरेर लैजाँदै पो छ की ? साधन कुन गतिमा साधन गुडीरहेको छ भन्ने चिन्ता नलिनुस । किनकी यी कुरा मोवाईल एप्लीकेसनबाट जानकारी पाउन सकिन्छ । बुटवल १० रामनगरमा रहेको ‘बुटवल कालिका क्याम्पसका विद्यार्थी’ हरूले जिपीएस ट्रयाकर मेसीन निर्माण गरेका हुन । जसको अहिले प्रदर्शन गरिएको छ । बुटवल कालिका क्याम्पसमा विएस्सी सीएसआईटी आठौ समेष्टरका विद्यार्थीहरूले यो उपकरण बनाएका हुन ।
विद्यार्थीहरूले बनाएको उपकरण को विक्रिको लागि कम्पनी समेत स्थापना गरी काम गरिरहेको विद्यार्थी दिपेन्द्र कुर्मीले जानकारी दिए । भैरहवाका विद्यार्थी कुर्मीले जीपीएस ट्रयाकर मेसीन मोवाइल एप्लीकेशन बाट कुनै पनि सावारी साधानमा जोडेपछि त्यसको सबैभरी नै काम गर्ने जानकारी दिए । सवारी साधानमा जीपीएस मेसीन राखेपछि त्यसलाई मोबाईल एप्लीकेशनमा कनेक्ट गरी कुनै पनि सवारी साधन कहाँ छ ? कस्तो अवस्थामा छ, कति गतिमा गुडीरहेको छ भन्ने सबै जानकारी एप मार्फत पाउन सकिने उनले जानकारी दिए । कुर्मीका अनुसार कुनै पनि स्थान भन्दा बाहिरी लोकेसनमा कसैले गाडी लगेर जाँदै छ भने पनि त्यसको सूचना मोबाईलमा आउने गरी सफ्टवेयर निर्माण गरिएको जानकारी दिए ।
विद्यार्थी हेमन्त मरासीनीका अनुसार यो जडान गर्नको लागि सुरुवात मा ७ हजार रूपैयाँ लगानी आवश्यक पर्दछ । प्रत्येक बर्ष जीपीएसमा डाटा राख्नको लागि २ हजार ५ सय रूपैयाँ दिनुपर्ने र लाईफाटाईम नै चलाउन सकिने गरी विकास गरिएको जानकारी दिए ।
बुटवल कालिका क्याम्पसका विसीए आठौं सेमेष्टरमा अध्ययरत विद्यार्थीहरू दिपेन्द्र कुर्मी, हेमन्त मरासीनीको अलवा अस्मीता क्षेत्री, दिपक कुँवर, अंकित मिश्र, सहितको समुहले यो उपकरण बनाएको छ । आजभन्दा डेढ बर्ष पहिलादेखि नै विद्यार्थीहरले यो उपकरण बनाएको भएपनि अहिले दिपेन्द्र कुर्मीको नाममा कम्पनी नै स्थापना गरी विक्रि वितरणको काम समेत सुरुवात गरिएको विद्यार्थीले जानएका छन् ।
मोबाईल एप्लसीकेशन प्लेस्टो र एप स्टोर दुबैमा उपलब्ध गराइएको छ । सवारी साधान मोटरसाईकल, ठुला गाडीहरू, बस, ट्रक, कार लगायतम सबैमा जडान गर्न सकिने जनाइएको छ ।
जेड वान् टेक्नोलोजी एण्ड ट्रेड प्रालि भैरहवा दर्ता गरेर अहिले विद्यार्थीहरूले ट्रयाकर उपकरण विक्रि वितरण समेत गरिरहेका हुन । प्रालिका मरासिनी अष्ट्रेलिया कम्पनी दैलोसँग ६ महिनाको कामको अनुभव लिएका छन । यसैगरि हाल अमेरिकाको टेक्से सेवा ईन्टरनेश्नलमा समेत आवद्ध रहेका छन । बजारको माग र आवश्यकता अनुसार कृषिमा आधुनिकीकरण हुने गरि धेरै सफ्टवेयरहरू बजारमा ल्याएका छन । डेरि उद्योगमा ब्यवस्थापनमा उपयोगी पिओएस सिस्टम, हस्पिटल, सिनेमा हल लगायतको बजारमा अनलाईन टिकट र अन्य प्रचार सामग्रीमा उपयोगी सफटवेयर तयार गरेका छन । ‘उद्योग र ब्यवसायीहरूको आवश्यकता अनुसार सफटवेयरमा फिचर थपघट गरेर न्यूनतम २० हजार देखि ५ लाख सम्मको सफ्टवेयर बजारमा बेचेको छौ ।’— उनले भने । बिक्री पछिको सेवामा समेत २४ घण्टा नै उपलब्ध गराउने उनले बताए ।