ट्रेंडिंग:

>> कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी >> अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो >> परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेलको भेटवार्ता >> सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन >> नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान >> सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर साना बचतकर्तालाई रकम फिर्ताको माग >> अल्लु अर्जुनको ‘पुष्पा २’ ने बक्स अफिसमा नयाँ रेकर्ड तोड्यो, ९०० करोड पार >> काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य >> नेकपा एसको स्थायी कमिटी बैठक जारी >> कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ सम्मान >> अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज >> डा. सुरेशप्रसाद आचार्य सूचना आयोगका प्रमुख, गगन विष्ट र दुर्गा भण्डारी पनि नियुक्त >> लुम्बिनीविरुद्ध काठमाडौंले ब्याटिङ गर्ने >> सुदूरपश्चिमको जबरजस्त जित, जनकपुरलाई ७२ रनले पराजित >> श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या >> सुन मूल्य २,००० ले बढ्यो >> कैलालीमा दुर्घटनामा परेर कलाकार हिक्मत महराको निधन >> प्राईड अफ डान्सको फिनाले शनिबार हुदै >> दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीको छापा >> एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का >> नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प >> रवि लामिछानेलाई सिमराबाट कास्की पठाइयो >> सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य >> कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने >> स्मार्ट बाेक्ने सबैकाे गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ? >> च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित >> नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण >> प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ >> व्यवसायिक बन्न मन्त्री केसीको आग्रह >> स्ट्याण्डर्ड चार्टर्ड बैंक लाभांश दिने >> पर्वतेको गरिमा जोगाउने कि गुमाउने ? >> अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ >> बुटवल– नारायणगढ सडक बिस्तारमा ३२३ श्रमिक काममा >> करोडको सिंचाई आयोजनाः सुरु नहुँदै भास्सिदै–भत्किदै >> लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’ >> एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौ र लुम्बिनी खेल्दै >> देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु >> लुम्बिनी प्रदेशको जन अभियानको नेतृत्वमा पूर्व मेयर अधिकारी >> कालिका मानव ज्ञानको ६४ औ वार्षिकोत्सव, विविध आन्तरिक खेलकुद शुरु >> पोखरा एभेन्जर्सलाई हराउँदै कर्णालीको तेस्रो लगातार जित >> तनहुँ जलविद्युत ६३% प्रगति, बाँध निर्माण सुरु >> सेयर बजारमा गिरावट, कारोबार रकममा कमी >> रवि लामिछानेसँग ५ घण्टा बयान >> यसवर्षको शरद ऋतुमा नेपालका हिमालमा ६२५ पर्यटकको आरोहण >> फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा >> असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द >> कर्णाली याक्सका विलियम बोसिस्टोको उत्कृष्ट बलिङ: पोखरा एभेन्जर्स १०४ रनमै अलआउट >> कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको स्कुटर दुर्घटनामा मृत्यु >> भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस

२३ मंसिर २०८१, आईतवार
२३ मंसिर २०८१, आईतवार

अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी आज मनाईदैछ । नागरिक उडड्यन दिवस मनाईरहँदा हरेक बर्ष हवाईजहाज दुर्घटनाका कहालीलाग्दो नियती हामी नेपालीले भोग्न बाध्य भैरहेका छौं । युरोपियन युनियनले नेपालको आकासलाई अझैपनि कालोसूचिबाट नहटाउनुको मूख्य कारण यो पनि हो । नागरिक उडड्यन दिवस मनाईरहँदा नेपालको आकास अझै सुरक्षित नरहेको कुराले आम नेपालीजनलाई चिन्तित वनाउनु स्वाभाविक छ । हरेक बर्ष नेपालको उडड्यन क्षेत्रको इतिहासका लागि यो अत्यन्त दुःखको कुरा हो ।

निश्चितरूपमा नेपालको उडड्यन क्षेत्र सुरक्षित नरहेको नेपालमा भैरहेका विमान दुर्घटनाका घटनाले स्पष्ट गरिरहेका छन् । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । नेपालले हवाई क्षेत्रमा सुधार गर्न नसक्नु र लगातार कालोसूचिमा दोहोरिनु चिन्ताको कुरा हो । यसले नेपालप्रति विश्व समुदायले हेर्ने दृष्टिकोणमा समेत अवको दिनमा नकारात्मक असर उत्पन्न हुनेछ । नेपाल पर्यटन क्षेत्रको हिसावले महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तब्य सम्पदा हो । नेपाल भ्रमण गर्ने इच्छा विश्वका जुनकुनै देशका नागरिकलाई पनि हुन्छ । विश्वकै अग्लो सगरमाथा र गौतमबुद्धको देश नेपालप्रति विश्व समुदायको सकारात्मक धारणा छ । तर, यही धारणा बनाएर नेपाल आउन चाहने पर्यटक नेपालको आकास सुरक्षित छैन भन्दा दोमनको अवस्थामा पर्न सक्छन । तसर्थ यस विषयमा नेपाल सरकारको ध्यान जानु जरुरी छ ।

नेपाल सरकारले मात्रै होइन नीजि क्षेत्रबाट सञ्चालित वायु सेवा कम्पनीहरूले समेत नेपालको आकासलाई सुरक्षित वनाउन नसक्नु चिन्ताको कुरा हो । कालोसूचिमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसम्म छन् । यसरी कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् । सोही कारण राष्ट्रिय ध्वजाबाहक नेवानिले समेत आफ्नो उडान विस्तार गर्न असफल रहँदै आएको छ । यो नेपालको लज्जाको कुरा हो । ईयूले नेपालका वायुसेवा कम्पनीभित्रको व्यवस्थापन, उनीहरूले उडान सुरक्षामा गरिरहेको लापरबाहीलाई समेत चासोका रूपमा हेरिरहेको छ । एक बर्ष अघिमात्र ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गर्दै कमजोरी औंल्याएको थियो । अन्तर्राष्ट्रिय निकायले देखाएको अर्को चासो हवाई दुर्घटना न्यूनीकरणका लागि चाहिने स्थायी संयन्त्र प्रति समेत हो । यसलाई आईकाओले समेत पटक पटक प्रश्नकै रूपमा उठाइरहेको छ । यसो हुनुमा हरेक दुर्घटनापिच्छे सरकारले गठन गर्ने पटके आयोगप्रति लक्षित छ । नेपालमा जाँच आयोगमा स्वार्थ बाझिने व्यक्तिहरू राख्ने र मुख्य कारणहरू सकेसम्म लुकाउने गरेको आरोप छ । यसले हवाई दुर्घटना न्यून हुन सकेको छैन । जसका कारण नेपालको आकास असुरक्षित हुनुको मूख्य कारणमध्ये एक मानिन्छ ।
नेपालमा सार्वजनिक सवारीका साधनजस्तै हवाई क्षेत्रमा पनि गंभीर लापरवाही हुने गरेको विदितै छ । नीजि वायुसेवा कम्पनीहरूले बर्षौं पुराना र विदेशमा मापदण्ड पूरा गर्न नसकेका जहाज नेपालमा उडाईरहेका छन् । विदेशमा फेल भएका अर्थात उडान सुरक्षित अवस्था पार गरेका जहाज नेपालमा चलाउनु गंभीर लापरवाही हो । पोखरामा भएको यति जहाज दुर्घटनाको कारणमा विदेशमा धेरै कम्पनीले चलाएर फेलियर भएको जहाज नेपालमा चलाएको पुष्टी भएको थियो । नेपालको आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उडड्यन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । तसर्थ अव नेपाल सरकारले उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो वनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात विकल्प खोज्नुपर्ने भएको छ । नेपालले अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । यसतर्फ नेपाल सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?