© २०२३
बुटवल, २२ मंसिर ।
‘समाबेशी तथा दिगो भविष्यको पुर्वाधार, अपाङ्गता भएका व्याक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रुपन्देही नेत्रहिन संघले शुभकामना आदान प्रदान, सम्मान तथा शैक्षिक र सहायता सामग्री वितरण गरेको छ ।
बुटवल १२ तामनरमा एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले प्रदान गरेको ५० थान सेतो छडी वितरण गरिएको अध्यक्ष कृष्ण बहादुर जिसीले जानकारी दिए ।
बुटवल उपमहानरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य तथा अपाङ्गता निर्देशन समितिका सदस्य सावित्रा घिमिरे, नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव शिला घिमिरे, नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष बालकृष्ण मरासिनी लगायतका अतिथिहरुको सहभागितामा छात्रावृत्ती वितरण, सहायता सामग्री प्रदान र शिक्षक सेवा आयोग मार्फत लुम्बिनी प्रदेशका विभिन्न स्थानमा नियुक्ती भएका नेत्रहिन शिक्षकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा २ जनालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । यस्तै ६ जना शिक्षकलाई सम्मान गरिनुको साथै ५० जना दृष्टिविहिनता भएका व्यक्तिलाई सेतो छडी वितरण गरिएको थियो ।