Butwal Today

सुनको मूल्यमा सामान्य गिरावट

२१ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाण्डौ ।

आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सयले घटेर तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?