ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

बढे सम्बन्ध विच्छेदका मुद्दा

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

पाल्पा, २० मंसिर ।

जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दाहरु मध्ये ५० प्रतिशत सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता भएका छन् । पछिल्लो समयमा सूचना प्रविधिको बिकास, वैदेशीक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल भएका कारण सम्बन्ध विच्छेदका मुद्दाहरु बढदै गएका हुन् ।

जिल्ला अदालत पाल्पाका सूचना अधिकारी केशव पराजुलीका अनुसार आर्थिक वर्ष ०८०÷ ०८१ मा दर्ता भएका मुद्दा मध्ये ५० प्रतिशत पारिवारिक बेमेल रहेका छन् । गत आर्थिक १ हजार ३२ वटा मुद्दाहरु दर्ता भएकोमा ५ सय २४ वटा सम्बन्ध विच्छेदको रहेकोमा ४ सय ५५ वटा किनारा लागेको ६९ वटा बाकी रहेका छन् । यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा जम्मा १ हजार १७ वटा मुद्धा दर्ता भएकोमा ४ सय ३३ वटा मुद्धा सम्वन्ध विच्छेद रहेको सूचना अधिकारी केशव पराजुली बताउछन् ।

पछिल्लो समय पारिवारीक बेमेल बढ्दो अवस्थामा रहेको कानुन व्यवसायी शिव देवकोटा बताउँछन् । पहिला पहिला जति परिवारमा हिंसा बढे पनि सहेर बस्ने प्रचलन पछिल्लो समयमा हट्दै गएको कारणले स्वतन्त्र जिवनयापनको लागि कतै अंश लिएर र अंशै नलिइ श्रीमान श्रीमती बिच छुटकारा पाउनका लागि सम्वन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको कानुनी व्यवसायीहरु बताउछन् । वैदेशिक रोजगारीका लागि श्रीमान श्रीमती टाढा टाढा हुदा कतै समाजिक संजालका कारण कतै श्रीमानले अर्को घरजम गरेको त कतै श्रीमतीले अर्कोघरजम गरेका कारण पारिवारीक बिखण्डन हुने क्रम बढेको कानुन व्यवसायी केशव अधिकारी बताउँछन् ।

शहरी क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्ने महिला पुरुषको परिवारमा यस्ता समस्या देखिएको छ । आमा बाबुका बेमेलका कारण सदाका लागि सम्बन्धमा आएको फाटोका कारण बाल बच्चामा नकारात्मक प्रभाव पर्दै आएको, बालबालिका अभिभावक विहीन अवस्थामा पुग्दा बाल मनोविज्ञानमा नकारात्मक रुपमा त्यसको असर पर्न गएको वाल मनोवैज्ञानिकहरु बताउछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?