© २०२३
सुर्खेत,२० मंसिर ।
मनव सेवा आश्रमको भवन निर्माणको लागि भोलीदेखि सुर्खेतको वीरेन्द्यद्रनगरमा श्रीमद्भागवत् ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सयोगपेक्ष सडकमुक्त गर्ने उद्देश्यले मानव सेवा आश्रमको भवन निमार्णका लागि महायज्ञ हुने भएको हो । कुनै पनि नागरिक सडक र साङ्लामा बाँधिनु हुँदैन भन्ने उद्देश्यले यो भवनको निमार्ण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञका लागि पुर्ण रुपमा तयारी भएको आयोजकले जनाएका छन् ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डा.नवराज केसीले कुनै पनि मानव सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि भवन निर्माण गर्न लागिएको जनाए । केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको छ । भवन निर्माणका लागि आवश्यक पुँजी जुटाउनका महायज्ञ लगाउन लागिएको उनले बताए ।
२०७५सालदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको थियो । सुर्खेत स्थित आश्रमको शाखाले हालसम्म चार सय ६ जना बेसहारालाई उद्धार गरिसकेको छ ।
भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरेको गरिएको आयोजकले जनाएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र उनले भागवत् वाचन गरेको दक्षिणा नलिने आयोजकले जनाएको छ । ‘महायज्ञमा खटिने कसैले पनि रकम लिदैनन, यो सबै सेवा भावले काम गर्ने हो’ महायज्ञ मूल आयोजक समितिका संयोजक केसीले भने, ‘कथावाचकले पनि कुनै पनि दक्षिणा लिनु हुँदैन ।’
यस्तै महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । जसमा वरिष्ट फिजिसिएन डा. के.एन पौडेललगायतको टिमबाट वरिष्ठ हाडजोर्नी रोग डा.रुपक कँडेल, डा.किशोर विष्ट, डा.शुभ श्रेष्ठलगायतको टिमबाट स्वास्थ्य सेवा दिने भएको छ भने आयुर्वेद अस्पतालबाट डा. शंकर रिजालको टिमलगायत अन्य स्वास्थ्य परिक्षण निःशुल्क हुने भएको छ । त्यसैगरी महायज्ञको अवधिभर विहान योगाको कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।