ट्रेंडिंग:

>> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध

समाजद्धारा बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

बुटवल, २० मंसिर । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाईग्लोसिस ल्याब्रोटरीको प्राविधिक सहयोगमा बिहिबार बुटवलमा परिक्षण गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच दाङ रुपन्देही सम्पर्क समाजका अध्यक्ष रेशम बहादुर महराले लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेलले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शुभारम्भ गरेका छन ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेलले स्वास्थ्य सचेतना आजको आवश्यकता भएको बताए । आम नागरिकलाई सुसुश्चित गर्ने पत्रकारहरुको स्वास्थ्यलाई मध्येनजर गरि समाजबाट महत्वपूर्ण काम भएको उनले बताए । कुनै पनि ब्यक्तिको मृगौला खराब भएको लक्षण धेरै ढिला हुने हुदा पनि समयसमयमा यसको जाच जरुरी रहने भन्दै उनले आम नागरिकलाई यसबारे सचेत गराउन जरुरी रहेको बताए । मृगौला खराब हुने मुख्य कारणका रुपमा अहिले उच्च रक्तचाप र मधुमेह देखिएको भन्दै उनले खानपिन र जिवनशैलीलाई परिवर्तन जरुरी रहेको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले समुदायमा रहेर सामाजिक उत्तरदायित्वका धेरै काम गर्दै आएको बताए । बुटवल उपमहानगरपालिकाको सरसफाई, रक्तदान, सचेतनामुलक कार्यक्रमका साथै पहिलोपटक पत्रकार स्वास्थ्य परिक्षण कार्यक्रम गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा मेडिकल ल्याब्रोटरी एशोसियसन (मेलान) केन्द्रिय सचिवालय सदस्य तथा बुटवल प्रयोगशालाका संचालक गुणानिधि खनाल, मेडिक्रस डाईग्लोसिस ल्याब्रोटरीका संचालक मनोज काफ्ले, पत्रकार श्याम पोखरेलले धेरै महत्वपूर्ण कार्यक्रम गरिएको भन्दै आगामी दिनमा सहकार्यमा थप नया ढंगबाट संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा समाजका सचिव नारायण वलीले दुई दर्जन पत्रकारहरुको स्वास्थ्य परिक्षण अन्तरगत मृगौलाको अवस्था जाचसहित उच्च रक्तचाप र मधुमेह परिक्षण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?