ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

विद्यालयमा लैंगिक हिंसा

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

लैंगिक असमानता नेपाली समाजमा गहिरोसँग बल्झिएको छ र यसले शक्ति सम्बन्धमा असन्तुलन ल्याउने गरेको छ । खासगरी महिला र बालिकाहरू लैंगिक असमानताको शिकार भएको पाइन्छ । उदाहरणका लागि स्रोतसाधन माथि महिला तथा बालिकाहरूको पहुँच कमजोर रहेको र अवसरहरूमा समेत पुरुषहरूको पकड रहने गरेका कारण उनीहरूको उपस्थिति, सहभागिता र उपलब्धिमा समस्या देखिन्छ । यीविभिन्न अपमानजनक ब्यवहार हटाएर लैंगिक हिंसाको अन्त्यका लागि ठोस कदमहरू चाल्नु आवश्यक छ । उदाहरणका लागि कानूनी सुधार, सचेतना अभियान, सेवा सुविधा विस्तार र लैंगिक समानताको प्रबद्र्धन गर्नु आवश्यक छ । लैंगिक असमानताका कारण लैंगिक हिंसा बढिरहेको छ । लैंगिक हिंसा भन्नाले कुनैपनि लैंगिक आधारमा कुनै ब्यक्ति माथि हानी पु¥याउने लक्ष्यकासाथ गरिने कार्य हो । हिंसाका विभिन्न स्वरूप मध्ये शारीरिक, यौनजन्य, मनोवैज्ञानिक र आर्थिक दुब्र्यवहारका साथै डर देखाई आतंकित पार्ने र बलपूर्वक कार्यमा संलग्न गराउने ब्यवहारहरू पर्दछन् । लैंगिक हिंसा विभिन्न स्थानमा हुनसक्छ । जस्तै घरपरीवार, कार्यस्थल, विद्यालय र सार्वजनिक स्थलहरूमा लैंगिक हिंसा भएको हुन्छ । विश्व स्थास्थ्य संगठनका अनुसार १७ वर्षमुनिका ५ मा १ बालिकाहरू हिंसामा परेका हुन्छन् । नेपालका कक्षा ८, ९ र १० का विद्यार्थीहरूका विचमा गरिएको सर्भेक्षणमा ३७.५ प्रतिशत छात्राहरू १२ देखि १६ वर्षको उमेरमा यौन हिंसामा परेको बताएका छन् ।

विद्यालयमा हुनसक्ने बालिका विरुद्धका हिंसाका विभिन्न स्वरूप हुन्छन् । तिनीहरूको पहिचान गरी त्यसप्रकारका कार्य हुनबाट बचाउन आवश्यक छ ।
१. शारीरिक हिंसाः पिटाइ, चिमोट्ने, चिथोर्ने, लात्तीहान्ने, वाबालिकाकाकुनैपनिशारीरिक हानी हुने कार्य गर्नु शारीरिक हिंसा हो । यसप्रकारका हिंसा बालिकाका परीवार सदस्य, साथी, शिक्षक लगायतबाट हुने गर्दछ । शारीरिक चोट र यातना काकारण शारीरिक पीडाका साथै मानसिक असर पनि पर्दछ । हाम्रो समाजमा खासगरी महिलाप्रतिको हेराइ नकारात्मक हुने भएकाले कतिपय हिंसा छिपाउन बालिकाहरू बाध्य हुन्छन् । यसले गर्दा पिडक झन् हौसला प्राप्त गर्ने र थप यातना दिने गरेको पाइन्छ । सार्वजनिक नभएका मुद्दामा बालिकाले धेरै चोट र यातना सहनु परेको हुन्छ ।

२. बालिकाविरुद्धका दुब्र्यवहार: बालिकाहरूलाई नाम बिगारेर बोलाउने, जिस्क्याउने, पीडा दिने र नकारात्मक टिकाटिप्पणी जस्ता दुब्र्यवहार गरिएका हुन्छन् । उनीहरूको शारीरिक अवस्थाको मजाक गरिएको वा नाजायज फाइदा लिने गरेको पाइन्छ । हाम्रो समाजले बालिकाहरूलाई शारीरिक रूपमा कमजोर हुन्छन् भ्रम फैलाएको छ । यसले गर्दा केटाहरू बढी आक्रामक हुने र बालिकाहरू बढी सहनशील हुने गरेको पाइन्छ । यी ब्यवहारले उनीहरूको आत्मबल कमजोर हुने, मानसिक स्वास्थ्यमा समस्या पैदा हुनसक्ने भएकाले यीदुब्र्यवहार बालिकाका लागि हानिकारक हुन्छन् ।

३. यौन हिंसा: कुनैपनि प्रकारको अनिच्छुक योैन कार्य जस्तै छुने, असजिलो अनुभूति गर्ने गरी चरित्रहत्या जस्ता ब्यवहारहरू पर्दछन् । त्यसैगरी अप्ठ्यारो अनुभूतिहुने नामले बोलाउने, हतोत्साही गराउने, अनुचित टिप्पणी वा सहमतिविना खुलाचित्र सार्वजनिक गर्ने लगायतका कार्य पनि यौन हिंसा नै हुन् । बालिकामा आउने शारीरिक परिवर्तनलाई यौन हिंसाको साधनका रूपमा दुरूपयोग गर्न केटाहरू र कतिपय घटनामा शिक्षकहरूबाट पनि त्यस्तो यौनजन्य परिस्थिति सिर्जना गरिएका घटना सार्वजनिक भएका हुन्छन् । धेरैजसो यौनजन्यअपराधहरू सार्वजनिक हुदैनन् । हाम्रो समाज पिडितलाई न्याय दिनेभन्दा पिडकलाई संरक्षण गर्ने खालको छ । त्यसैगरी सामाजिक रूपमा पिडित बालिकाको नै चरित्र हत्या गर्ने परिस्थिति छ । तसर्थ बालिकाहरूले पीडा लुकाएर राखेका हुन्छन् । कहिलेकाहिं मात्र घटना सार्वजनिक हुने वा प्रहरीमाउजुरी पर्ने हुन्छ । तसर्थ यौनजन्य अपराधिक कार्यका लागि केटाहरू कमै मात्र डराउँछन् ।

४. विद्युतीय दुब्र्यवहार: विद्युतीय सञ्चार माध्यमको अत्यधिक प्रयोग बढिरहेका समयमा सामाजिक सञ्जाल, प्रविधि र आम सञ्चार माध्यम मार्फत समेत बालिकाहरूले अनलाइन दुब्र्यवहार, डरत्रास, रहतोत्साहीहुने खालका सामग्रीको शिकार बन्नुपरेको छ । अहिले नेपालीहरूमा साइबर सुरक्षाकाबारेमा धेरै ज्ञान छैन । विद्युतीय अपराधबारे छानवीन र दण्ड सजायँको अवस्थाकमजोर छ । यहाँप्रधानमन्त्री, दलका नेता तथा उच्चपदस्थ अधिकारीहरूका बारेमा गरिएका भ्रामक प्रचारबाजीको समेत छिनोफानो भएको छैन । सत्तामुखी प्रशासनले सर्बसाधारणको इज्जत, सम्मानका खातिर अपराधिक कार्यलाई नियन्त्रण गर्न चासो राखेको पाइदैन । टिकटक वा रील वा फेसबुकजस्ता सामाजिक सञ्जालमा अत्यन्त असभ्य तरिकाले बोल्ने, लेख्ने र चित्रहरू बिगारेर प्रस्तुत गर्नेहरूको ब्यापार फस्टाएको छ । तर ती सामग्रीले समाजमा कस्तो असर गरेको छ भन्ने चासो छैन ।

५.बेवास्ताः बालिकाहरूले लैंगिक विभेद, परम्परागत विश्वास एवम् मान्यताहरू, साथी वा शिक्षक वा विद्यालय प्रशासनबाट हुने पूर्वाग्रह र अवसरको कमी र शिक्षामाप हुँचको कमीजस्ता समस्याहरू भोग्नुपरेको छ । विद्यालय र विशेषगरी कक्षाकोठामा समेत शिक्षकको आवश्यक ध्यान पुग्न नसकेको हुन्छ । कतिपय शिक्षकहरू सामाजिक संरचना वा संज्ञानात्मक अवस्था वा सिकाइ ब्यवहार वा शारीरिक वा लैंगिक आधारमा फरकफरक ब्यवहार गर्ने भएकाले पनि विशेषगरी बालिका र सिमान्तकृत बालिकाहरू झन बढी समस्यामा पर्ने गरेको पाइन्छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा भएका बालिका हिंसामध्ये ६४.२२ प्रतिशत सानो उमेर, सिमान्तकृत र कमजोर अवस्थाका बालिकाहरू रहेका छन् । यी हिंसाहरूमध्ये ८३ प्रतिहत हिंसाहरू पिडितका नजिकका वा आफन्त वा चिनजानका मानिसहरूबाट हुने गरेको छ । कतिपय विद्यालयमा अतिरिक्त क्रियाकलाप, खेलकूँद, शैक्षिक भ्रमणजस्ता कार्यमा छात्रहरूको नेतृत्व र अवसरमा पकड भएको देखिन्छ । समाजको अपमानजनक ब्यवहारको छायाँ कक्षाकोठामा समेत पर्नाले बालिकाहरू दोहोरो भारमा परेको देखिन्छ ।

यी विभिन्न स्वरूपका हिंसाको अन्त्य गरी सबै बालबालिकाका लागि सुरक्षित र समावेशी वातावरण निर्माण गर्नु आवश्यक छ । हिंसाको अन्त्यका लागि कार्य, सम्मान र परानुभूति प्रबद्र्धन र विद्यार्थी आरोग्यताका लागि सहयोग गर्ने विद्यालयीय वातावरण बनाउनु आवश्यक छ । यसका लागि कक्षाकोठाको मिश्रित बसाइ ब्यवस्थापन, बसाइँ क्रमशः अगाडि पछाडि सर्ने पद्धति, कक्षामा विभिन्न प्रकारका कार्यका लागि बहु मोनिटरको ब्यवस्था र मोनिटर बन्ने अवसर छात्रछात्रा दुवैलाई बराबरी प्रदानगर्ने, विद्यालयकाअतिरिक्त क्रियाकलाप वा वार्षिकोत्सव जस्ता क्रियाकलापमा छात्रछात्राको समावेशी सहभागितालाई कार्यान्वयनगर्ने, खेलकूँदका सामग्री र क्रियाकलापमा छात्रछात्रा दुवैलाई पहुँच र अवसर प्रदान गर्ने, छात्रछात्रालाई गरिने ब्यवहारमा विभेद गर्न नहुने, बालिकाकालागि सहज र सम्मानहुने खालको भाषाको प्रयोग, उदाहरण वाकथाकथनमा कुनै लैंगिकविभेद हुननदिने, बालिका प्रति हेराइ, बोलाइ वा अन्य क्रियाकलापमा अनावश्यक महत्व वा अनास्था बढाउने गरी ब्यवहार नगर्ने, कक्षाकोठा वा विद्यालयको भौतिक संरचना निर्माण गर्दा लैंगिक मैत्री निर्माण गर्ने, अलगअलग शौचालय, डिस्पोजल बाल्टिको ब्यवस्था, परिवर्तन कक्षनिर्माण गरेर लैंगिक मैत्री विद्यालय वातावरण निर्माण गर्न सकिन्छ । विशेषगरी शिक्षकहरूका ब्यवहार कानूनी, मानवीय र सामाजिक दायित्वका आधारमा बालिकाहरूलाई सहयोगात्मक हुनु आवश्यक छ । विद्यालयमा समयसमयमा लैंगिक समानताका सम्बन्धमा सचेतनामूलक र सिर्जनात्मक कार्यक्रम गर्नु आवश्यक छ । वास्तवमा बालिकाका कमजोरीलाई आधार बनाएर फाइदा लुट्नेहरूको लोभ, ललाइफकाइ, डरधम्की आदिबाट कसरी बाँच्न सकिन्छ भन्ने सिप सिकाउनु आवश्यक छ । कतिपय घटना बालिकाहरूले अज्ञानताका कारण बदनियत राख्ने मानिसहरूसँग फँसेका उदाहरण छन् । पछिल्ला समयमाविद्युतीय सञ्चारका माध्यमबाट बालिकाहरूलाई नजानीकनफसाउने र पछि ब्ल्याकमेलिंग गरी यौन दुब्र्यवहार गरिरहने गरेको पाइन्छ । कतिपय कमजोर आर्थिक सामाजिकअवस्थाभएकाबालिकाहरूलाई आर्थिक वाअन्य सहयोगको प्रलोभन देखाएर यौन शोषण गर्ने गरेका घटना छन् । तसर्थ बालिकाहरूले आफूलाई यस प्रकारको सहयोग सजिलै दिन तयार भएको ब्यक्तिको पृष्टभूमि वा हैसियतबुझेर मात्र भर गर्ने वा नगर्ने भन्ने सचेततापूर्वक निर्णय गर्न सकेमापनि केहीदुब्र्यवहार हुनबाट जोगिन सकिन्छ । यसप्रकारका सचेतनामूलक कार्य गर्न विद्यालयको अग्रसरता आवश्यक पर्दछ । विद्यालयमा लैंगिक समानता र सुरक्षाको अनुभूतिदिने र हिंसाबाट बच्नका लागि सचेतना बढाउने कार्यमा विद्यालयले भूमिका खेल्नुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?