ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

चन्द्रौटा (कपिलवस्तु) ।

लुम्बिनी प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण पूर्वमन्त्री अर्जुन कुमार केसीले पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा परी मानव बेचबिखन बढेको बताएका छन् । विगतमा गाउँघरका खेतबारीमा रमाएर घरपरिवारसँग घुलमेलको अवस्था अहिले नरहेको बताउँदै मानव बेचबिखनका घटना मौलाएकोले समुदायस्तरमा समेत बिकराल देखिएको उनले बताए ।

शान्ती पुनस्र्थापना गृह कपिलवस्तुको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रोजगारी लगयातको प्रलोभनसँगै सामाजिक सञ्जाल जस्ता माध्यमबाट मानव तस्करको स्वरुपसमेत फेरिएको केसीले बताए ।

मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । पूर्वमन्त्री केसीले बढ्दो वैदेशिक रोजगारीसँगै मानव तस्करका घटना समेत बिकराल भएको बताए । पिआरसीले गरेको कार्य जस्तै अभिभावकले आआफ्नो सन्तानलाई सहि बाटोमा डो¥याउन सके समाज सुधिर्ने उनले बताए । कानुनको पुर्ण रुपमा पालन भए अपराधीक क्रियकलाप निर्मुल हुने पूर्वमन्त्री केसीको भनाइ छ ।

यसैबीच शान्ती पुनस्र्थापना गृहको केन्द्रिय अध्यक्ष शान्ता सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचीने गरेको बताईन । चेलीबेटी बेचबिखान कार्य मौलाउन दुःखद रहेका बताउँदै पिआरसी प्रयासले मात्रै नहुुने सबैको सहयोग आवश्यक रहेको उनले जिकिर गरिन् ।

कपिलवस्तु जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले कपिलवस्तुका सबै स्थानीय तहहरूले चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाउनुपर्ने धारणा व्यक्त गरे । यस्तै शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले चेलीबेटी बेचबिखनविरुद्धको अभियानलाई सशक्तरुपमा लैजानुपर्ने बताइन् । त्यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले युवाहरु नेपालमै उद्यमशील गरेर नेपालमै रोजगार बन्न सकिन्छ यसका लागि सरकार गम्भीर बन्नुपर्नेमा उनले जोडदिए ।

कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रमुख सुरज क्षेत्रीले सिमा नाकामा हुने अपराधिक गतिविधिलाई निर्मूल पार्दै गइरहेको बताए । समाजिक परीक्षण कार्यक्रममा शान्ति पुर्नस्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०।०८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको बताए । गैरसरकारी संस्था महासङ्घको प्रदेश उपाध्यक्ष सुशिला बेलबासले संघसंस्थाले समाजिक क्रियाकलाप गर्दै चेलीबेटी बेचबिखन विरुद्ध सशक्त अभियान चलाएको छ यस अभियानमा सबैले हातेमालो गर्न आवश्यक रहेको दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?