© २०२३
बुटवल, १६ मंसिर । रोटरी क्लब अफ बुटवलको ३२ औ चार्टर नाईट आईतबार सम्पन्न भएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै दिगो र प्रभावकारी परियोजनामा काम गर्न आग्रह गरे । नेपालका धार्मिक पर्यटकिय क्षेत्रका रुपमा लुम्बिनी देखि कोरला नाका जोड्ने गरि प्रचारका अभियान ल्याउन चाहेको बताए । बुटवलले नेतृत्व गरेर छिमेकी पालिकाहरुसंग साझा मुद्घाका बारेमा छलफल गर्न चाहेको बताए । यस क्षेत्रमा रहेका सामाजिक संघसंस्थासंग सहकार्यको प्याकेजमा पालिका जान चाहेको बताए । समुदायको समस्या पहिचान गरि शिक्षा, स्वस्थ्यको लागि सहकार्य गर्ने गरि पटकपटक आग्रह गरेको बताए । नगरमा सार्वजनिक शौचालय आवश्यकता भएको भन्दै देखाउने र प्रचारको लागि भन्दा पनि दिर्घकालिन हुने गरि परियोजना चाहेको भन्दै यो अवधारणामा सहकार्य रोटरी क्लबसंग चाहेको बताए । ‘एउटै कामबाट नै दिगोपन हुने काम गरौ ।’—उनले भने । नगरको उज्यालो, हरियाली , सरसफाई, छाडाचौपाया, सुरक्षा लगायतको विषयमा सहकार्य गर्न चाहेको उनले बताए । विद्यालयमा लर्निङ बोर्ड स्थापनाको तयारी गरिरहेको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले क्लब स्थापनाको स्मरण गर्दै चार्टर सदस्यको अनुभव बताए । रोटरी सेवा र नेतृत्व विकासमा काम गर्दै आएको बताए । रोटरीले सम्बन्ध बिस्तारमा समेत महत्वपुर्ण काम गर्न सफल भएको उनले बताए । शिक्षा, स्वस्थ्यमात्र नभई रोटरी समुदायमा धेरै महत्वपुर्ण काम गर्न सफल भएको उनले बताए।तिलोत्तमाको मगरघाटमा सेमी ईलेक्ट्रिकल शवदाह गृहको नमुना काम अन्तिम चरणमा पुगेको उनले बताए । छिमेकी स्थानिय पालिकासमेत अब अब विकास र सौन्दर्यकरणमा लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा पुर्व डिजि राजेन्द्र ध्वजुले रोटरी बुटवल डिष्ट्रिकमा नै ईतिहास बनाएको भन्दै नया ढंगबाट कामहरु गर्दै आएको बताए । आरआईको लक्ष्य भेट्ने गरि काम डिष्ट्रिकका क्लबहरु लाग्न आग्रह गरे । क्लबबाट भएका गतिविधिहरुलाई रिपोर्टिङ, अपडेटलाई समेत ध्यान दिनुपर्ने आग्रह गरे ।
क्लबका अध्यक्ष प्रज्वल थान्जुले सामुहिक र दीर्घकालिन परियोजना प्राथमिकतामा राखेको बताए । यस क्षेत्रका रोटरी क्लबहरुबिच संयुक्त बैठक बसेर दिर्घकालिन परियोजना ल्याउने तयारी रहेको उनले बताए । बुटवलका ३ स्थानमा स्थानिय पालिकासंग समन्वय गरि सार्वजनिक शौचालय निर्माणको तयारी रहेको छ । क्लब अन्तरगत ३ वटा आरसिसि भिलेजहरुमा समेत काम गदै आएको उनले बताए । रोटरी क्लब अफ गोरखपुर सिस्टर क्लबसंग समन्वय गरि शिक्षा क्षेत्रमा सहकार्य गर्ने तयारी रहेको छ ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ पि का डिजि पुरुषोत्तम प्रधानाङ्ग, रोटरी क्लब अफ गोरखपुर मिड टाउनका अध्यक्ष डा सुधिर अग्रवाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष दुजेन्द्र बस्नेत, क्लबका संस्थापक सदस्य पुर्व अध्यक्ष मनोहर श्रेष्ठले रोटरी पोलियो न्युनिकरण अभियानमा थालेका छन ।
आठ वठा अषयकोष र उत्कृष्ट पत्रकार सम्मान
यसैबिच क्लबका पुर्वअध्यक्षहरुद्घारा स्थापना गरिएको आठ वटा अक्षयकोषहरुबाट ९ जना तथा एक जना उत्कृष्ट पत्रकारीता पुरस्कारबाट बुटवलटुडे अनलाईनका सम्पादक लक्ष्मण पौडेललाई पुरस्कृत गरिएको छ । डिल्लिकुमार श्रेष्ठबाट स्थापना गरिएको अक्षयकोष आरसि बसन्तपुरका फुलबारी आधारभुत विद्यालयका रिजन बिक, करण थारु, यसैगरि आरसिसि भाटाका दुर्गा भवानी स्कुलकी जमुना थापा, सान्ची जैसवाल, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका सोनिया थारु, अनुस्का थारु, सिद्घार्थ गौतम बुद्ध कलेजमा कक्षा ११ मा अध्यरत पुष्पा नेपाली, पुर्व अध्यक्ष जिवकान्त काफ्लेबाट स्थापना भएको पुर्ण ओभी अक्षयकोषबाट १० हजार रुपैया नवरत्न विद्यालयमा अध्ययरत निशु कार्की र अनुभा चौधरीलाई ५—५ हजार रुपैया बराबरको रकम हस्तान्तरण गरिएको सहसचिव छबिन्द्र भटटराईले बताए । यसैगरि कार्यक्रममा संस्थाका संस्थापकहरु, पुर्व अध्यक्षलाई सम्मान गरिएको थियो।