ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

चन्द्रौटा(कपिलवस्तु), १६ मंसिर ।

कपिलवस्तुको शिवराज नगरपालिकामा नगर युवा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले गोपनीयताको शपथ ग्रहण गरेका छन् । पालिकाका मेयर तथा परिषद्का अध्यक्ष अजय थापाको नेतृत्वमा आइतबार एक कार्यक्रमका बीच पदाधिकारीहरुले गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

मेयर थापाले उपाध्यक्षसहित परिषद्का सदस्यहरूलाई सपथ गराउँदै परिषदलाई युवाहरूको नेतृत्वदायी संस्था बनाउन आग्रह गरे । सपथग्रहण कार्यक्रमले युवाहरूलाई नेतृत्व विकास, समुदाय निर्माण र राष्ट्रिय विकासमा योगदान पु¥याउन प्रेरित गर्ने मेयर थापाले जोड दिए ।

यसैबीच राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पछिल्लो समय युवाहरूको विदेश पलायन तीव्र भइरहेको विषयलाई उठाउँदै स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्न नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताए । उनले भने, ः “देशको समृद्धिका लागि युवाहरूलाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नु अपरिहार्य छ । युवाले आफ्नो क्षमता र सिर्जनशीलतालाई उपयोग गर्दै देश निर्माणमा योगदान पु¥याउनुपर्छ ।” युवालाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बन्ने उनले बताए ।

यसैगरी किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले समाज रूपान्तरणको अभियानमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गरे । उनले युवाहरूलाई गल्ती गर्ने छुट नरहेको बताउँदै पनि युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे विचार व्यक्त गरे ।

लुम्बिनी प्रदेश युवा परिषद्की सदस्य राधा बस्नेतले लुम्बिनी प्रदेशमा ४३ प्रतिशत जनसंख्या युवा रहेको तथ्याङ्क प्रस्तुत गरिन् । युवाका समस्या समाधानका लागि विशेष नीति र कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन् । प्रदेश सरकार र स्थानीय तहलाई युवा–मैत्री नीति बनाउन उनले आग्रह गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?