ट्रेंडिंग:

>> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा

१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

बुटवल, १६ मंसिर ।

तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा आयोजित सभाको नेफ्स्कूनका केन्द्रीय सञ्चालक ज्ञानु पौडेलले उदघाटन गरेकी थिइन् ।

त्यस अवसरमा पौडेलले महिलाहरूको नेतृत्वमा सञ्चालन भइरहेका सहकारीहरू सुशासन र पारदर्शिताका कारण समस्यारहित रहेको बताइन् । उनले सहकारी क्षेत्रका केही समस्या जस्तै क्षेत्राधिकार भन्दा बाहिर शाखा खोल्ने, अनुगमन नगर्ने र अव्यवस्थित लगानीले चुनौती निम्त्याएको औँल्याइन् । परिवारले ऋण लिँदा महिलाहरूलाई साक्षी राख्ने प्रचलनले कालोसूचीमा महिलाहरू परिरहेको भन्दै हस्ताक्षर र साक्षी बस्न महिलाहरूलाई चनाखो बन्नुपर्ने उनको सुझाव थियो ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रदीपकुमार श्रेष्ठले सहकारीले महिलाहरूको सशक्तिकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थालाई उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्न आग्रह गरे । राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मगत श्रेष्ठले महिलाहरूले सञ्चालन गरेका सहकारीहरूमा निडर भएर काम गर्न सकिने विश्वास व्यक्त गरे ।

सभामा संस्थाका अध्यक्ष कमला बस्नेत कुँवर र कोषाध्यक्ष शान्ती लक्ष्मी अर्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

कार्यक्रममा संस्थाका दुईजना ज्येष्ठ आमाहरू, असल बचतकर्ता, असल ऋणी, उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थी, दृष्टिविहीन सदस्य र बालबचतमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरियो ।

१७ सय महिला सदस्यहरू मात्र रहेको सहकारीको साधारण सभामा सदस्यहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनीले सहकारीको उद्यमशीलताका आयामलाई उजागर गरेको थियो ।

साधारण सभाले संस्थाको पारदर्शिता, सुशासन र आर्थिक सुदृढतालाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा जोड दिएको छ । कार्यक्रममा संस्थाका सचिव गौरा केसीले पनि आफ्नो धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?