© २०२३
काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।
जस अनुसार आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा स्थगित भएको हो ।
नेप्सेका अनुसार आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।