ट्रेंडिंग:

>> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ

रोटरी चौतारीले गर्यो आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

बुटवल, १६ मंसिर ।

रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको २२८ औं नियमित बैठकसँगै आयोजना गरिएको प्रशिक्षणमा रक्षा आयूर्वेदिक फार्मेशी मणिग्रामका सञ्चालक समेत रहेका राष्ट्रिय आयुर्वेद एशोसिएसन अफ नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिग्राम भुसालले आयुर्वेद र जीवन विषयक सचेतनामूलक प्रशिक्षण दिएका थिए ।

आयुर्वेद व्यवसायबाट धेरै सम्भावनाहरु रहेको, यसले नेपाली युवाहरुलाई आयुर्वेदको माध्यमबाट देशमा रोजगारीको अवसर सृजना गरेको, दीर्घ रोगीहरुलाई जडिबुटी औषधीको माध्यमबाट स्वस्थ्य बनाउन सकिने भन्दै उनले निरोगी मानिसको स्वस्थ्य रक्षाका लागि पनि आयुर्वेदिक औषधी अनिवार्य जस्तै भैसकेको बताए । उनले रोटरी क्लव अफ बुटवल चौतारीले थालेको यो अभियान समाजलाई नै जनचेतना फैलाउन मद्दत पुग्ने बताए ।

पण्डित आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका नेपाल आयुर्वेद औषधी उत्पादक संघ (एम्पान) का केन्द्रीय सदस्य चन्द्रकान्त खनालले अन्य औषधीसँंग आयुर्वेद औषधीको तुलना गर्न नसकिने भन्दै औषधीको उत्पादन नै आयुर्वेदबाट भएकोले र औषधीको मुख्य कच्चापदार्थ नै जडिबुटी भएकोले सबैभन्दा सर्वोत्कृष्ठ औषधी नै आयुर्वेदीक औषधी भएको बताए ।

कार्यक्रमका लागि पथिक फाउण्डेशन रुपन्देहीका इन्चार्ज माधव पौडेलले संस्थाको हल उपलव्ध गराउनुका साथै योगाभ्यास समेत गराएका थिए । उनले मानिसको जीवनमा योग अपरिहार्य रहेको भन्दै रोटरीले यसको महत्वलाई अझै सार्थक बनाउने काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?