© २०२३
काठमाडौँ, १५ मङ्सिर ।
बाइकर्ज बुटवल प्रालि, मिलनचोक, बुटवलको यामाहा माइलेज च्यालेन्ज र्र्यालीको आयोजना हुने भएको छ ।
यही मङ्सिर १५ गते शनिबार हुन लागेको यामाहा रेजेडआर १२५ एफआई हाईब्रिड माइलेज च्यालेन्ज एण्ड र्यालीमा बुटवलमा ३ जना भन्दा बढी रेजेडआर चालकहरूको सहभागिता रहनेछ ।
नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भनेर चर्चित यामाहाको रेजेडआरका लागि लागि यस माइलेज च्यालेन्जबाट उक्त चर्चा सत्य साबित गर्ने मौका र ग्राहकहरूबाट पाउँदै आएको भरोसालाई थप बलियो बनाउने अवसर मिल्नेछ । कार्यक्रम यामाहा शोरुम बुटवलबाट सुरु भएर जीतपुरसम्म सञ्चालन हुनेछ भने उक्त र्यालीमा बढी माइलेज दिने रेजेडआर १२५ एफआई हाईब्रिड चालकहरूलाई विजेता तोकिने छन् ।
सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे समेत जानकारी लिन यस किसिमको कार्यक्रम नियमित आयोजना गर्ने गरेको यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल बताए ।