ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारण सभा

यातायात व्यवसायी विस्थापित हुँदै गएको गुनासो

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बुटवल, १५ मंसिर ।

सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न लागि ओभरलोड नियन्त्रण र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने माग यातायात व्यवसायीले गरेका छन् ।

भारतीय गाडिहरुले निर्वाध रुपमा ओभरलोड बोक्दा नेपाली ट्रक तथा यातायात व्यवसायी आफ्नो पेशाबाट विस्थापित हँुदै गएको उनीहरुको गुनासो छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने यातायात व्यवसायीका अगुवाहरुले कानुन विपरित ओभरलोड बोक्न नपाइने बताए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएको बताए ।

यातायात व्यवसायीमुखी नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदा पनि सरकारले न्याय दिन नसकेको उनले बताए ।

उनले ओभरलोड बोक्नु कानुन विपरित भएको बताउंदै ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामन झारेर कारवाही गर्नुपर्ने र त्यसका लागि महासंघ प्रतिवद्व भएर लागि परेको बताए ।

दुर्घटनाको एउटा कारण ओभरलोड भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकहरुलाई तालिम दिने र ट्राफिक प्रहरीसंग समन्वय, सहकार्य गर्ने उनको भनाइ छ । यातायात व्यवसायीहरुको लगानी असुरक्षित भएको उल्लेख गर्दै उनले व्यवसायीका हितका लागि भ्याटमा जानु पर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बुटवल उपमहानगरपालिका व्यवसायीको पक्षमा रहेको बताउंदै कोही पनि व्यवसायी आफ्नो पेशाबाट विस्थापित नहुने गरी कार्यक्रम ल्याउन प्रमुख पाण्डेयले आग्रह गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानिया, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, माओवादीका निमानन्द गैरे, समाजवादी पार्टी नयां शक्तिका केन्द्रीय सदस्य पंकज राई, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट, गण्डकी यातायात व्यवसायी समिति पोखराका अध्यक्ष सुरेन्द्र त्रिपाठी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेलगायतले बोल्दै सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, प्रकाश गैरेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाको अवसरमा समितिका २४ वर्ष काम गरेर विदा लिएका कार्यालय प्रमुख बाबुराम अधिकारी, उत्कृष्ट कार्य गर्ने कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?