© २०२३
बुटवल, १५ मंसिर ।
पत्रकार दिनेश पाण्डेृ उत्कृष्ट औद्यो्गिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघको सहकार्यमा स्थापित औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार पाण्डे शनिबार पुरस्कृत भएका हुन् ।
संघको स्थापना दिवसको अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संघका अध्यक्ष दिलिप सापकोटाले पाण्डेलाई पुरस्कृत गरेका हुन् । साढे २ दशक भन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाइ पत्रकारितामा क्रियाशिल रहेका पाण्डे लुम्बिनी टेलिभिजन र समयचक्र डट कममा आवद्ध छन् । पुरस्कारको राशी ४७ हजार १५५ रुपैयां रहेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा संघले २०५७ सालमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कृत हुने पत्रकार छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार छवि पाण्डेको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो ।
पुरस्कृत भएपछि बोल्दै पाण्डेले औद्योगिक पत्रकारिता पुरस्कारले आर्थिक क्षेत्रमा कलम चलाउन थप उत्प्रेरणा प्राप्त भएको बताए । उनले रुपन्देही औद्योगिक नगरी भएको र यहाँको औद्योगिक विकासका लागि आफ्नो क्षेत्रबाट कलम चलाउने पनि बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी