ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

समावेशी शिक्षाको लागि विद्यार्थीको पहिचान

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

सल्यान, ०४ मंसिर ।
छत्रेश्वरी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा संजालको गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ । बैठकले बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, संजालको गठन र सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल गरेको छ । मस्यौदा कार्यपालिका बैठकमा पेश गर्ने निर्णयसँगै, गाउँपालिकाभित्र रहेका विद्यार्थीको अपांगता पहिचानका लागि विशेष शिविर सञ्चालन गर्ने योजना समेत तय गरिएको सञ्जालका सदस्य सचिव तथा छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए ।

बैठकमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बोल्दै समावेशी शिक्षाले मात्र समाजमा समानता र न्याय सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे । समावेशी शिक्षाको महत्वका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराउनुपर्ने भन्दै उनले बालिका र समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा पालिका स्तरिय सञ्जालका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले विद्यालयमा वा विद्यालय आउजाउ गर्दा अथावा अन्य स्थानमा बालबालिकामाथि हुन सक्ने विभिन्न भेदभाव, दुव्र्यवहार, हिंशा तथा हेपाईलाइ न्यूनीकरणका लागि समावेशी शिक्षाले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षामा गरिएको लगानीले दिगो विकास र समतामूलक समाज निर्माणको आधार तयार गर्नसक्ने बताए ।
यस्तै स्ट्रीट चाइल्ड अफ नेपालका प्रवन्धक सञ्जय बुढाथोकीले सञ्जाल गठनमा मात्र सिमित नभइ कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्ने धारणा राख्दै बालबालिका, विशेष गरी सीमान्तकृत समुदाय र अपांगता भएका बालबालिकाको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

पालिका भित्रका बालिका, अपांगता तथा सीमान्तकृत र जोखिममा रहेका बालबालिकाको शिक्षा, सुरक्षा र संरक्षणका अधिकारहरूलाई प्रवद्र्धन गरी लैंगीक हिंसामा कमी ल्याउन र बालबालिकाले सामना गरिरहेका शैक्षिक अवरोधहरूको सम्बोधन गर्न, सिकाइलाई दीगो रूपमा जीवनपर्यन्त निरन्तरता दिनका लागि बालिका तथा समावेशी शिक्षा सञ्जाललाई संस्थागत गर्न लागिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिकाका प्रारम्भीक विवरण अनुसार ९३ जना विद्यार्थीमा अपांगता भएको हुनसक्ने अवस्था देखिएकाले अपांगता पहिचानका लागि लगत्तै शिविर सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।
बैठकमा कार्यपालिका सदस्य बसन्ता जिसिसंगै स्ट्रीट चाइल्ड अफ नेपालका संरक्षण संयोजक कमला उप्रेती, वरिष्ठ कार्यक्रम संयोजक निलम सुवेदी, प्रदेश फोकल पर्सन रिसिमाया चौधरी, आसमान नेपालका लक्ष्मण थापा लगायतका प्रतिनिधि एवम् सञ्जालमा आवद्ध पत्रकार, प्रहरी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?