ट्रेंडिंग:

>> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा

पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

भैरहवा, ३ मंसिर ।

उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि निर्माण सुरु भएको बेथरी पुल हालसम्म निर्माण सम्पन्न भएको छैन । जसका कारण नागरिक र पर्यटकले सास्ती खेप्नु परेको छ ।’

त्यस्तै संगठनकी सल्लाहकार ज्ञानु पौड्यालले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

मिश्रवलिया–उदयपुर टोल विकास समितिकी अध्यक्ष कमला रायमाझीले सिद्धार्थनगर क्षेत्रको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइन् । मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोख्रेलले अवैध मदिरा नियन्त्रण गर्नुपर्ने बताए ।

रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्यले रुपन्देही पर्यटकीय हब भएकाले रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रशासनबाट सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘पर्यटकलाई सुविधा प्रदान गर्नुपर्छ ।’

गोलीगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डेले लागूऔषध दुव्र्यसनी जटिल समस्याको रुपमा रहेको र यसले समाजमा नकारात्मक असर पुगेको बताए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कार्यालय प्रमुख विष्णु कंडेलले भारतीय ओभरलोड गाडीले समस्या पारेको भन्दै यसप्रति विशेष ध्यान दिन आग्रह गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बालबहादुर घिमिरे (सुनिल) ले पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले पर्यटन सम्बन्धी धेरै समस्या रहेकोले यसको समाधान आवश्यक रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार प्रकाश श्रेष्ठले खुल्ला सीमानाकामा हुने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने बताए । उनले भारतीय पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

संगठनका सल्लाहकार दीपकबहादुर कुँवरले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका भएको र पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले खुल्ला सीमाका कारण चुनौती रहेको र स्वदेशी बजारलाई गुल्जार बनाउनुपर्ने बताए ।

संगठनका सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेले मगन्तेको बिगबिगी भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

संगठनकी महासचिव लक्ष्मी अधिकारी, संगठनका पूर्वअध्यक्ष खिमबहादुर खत्री, नारायण प्रसाद भण्डारी लगायतले बोलेका थिए ।

उठेका समस्याहरुको समाधानको बाटो खोज्छु : प्रजिअ घिमिरे

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय सीमासँग जोडिएको रुपन्देही जिल्लामा अवसर र चुनौती दुवै भएको बताए । उनले कार्यक्रममा उठेका समस्याको समाधानको बाटो खोज्ने बताए । उनले भने, ‘केही राम्रा कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मेरो तुलना÷प्रतिष्पर्धा कसैसँग हुँदैन । मेरो तुलना÷प्रतिष्पर्धा मसँगै हुन्छ । तपाईहरुको साथ पाउने अपेक्षा राखेको छु ।’

आफूले विगतमा भएका नयाँ अभ्यासलाई निरन्तरता दिने र नयाँ कार्य सुरुवात गर्ने उनको भनाइ छ । रात्रिकालीन व्यवसाय सञ्चालनले सुरक्षा चुनौती नहुने र व्यवसाय पनि चल्ने गरी अघि बढ्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?