© २०२३
पाल्पा, ३ मंसिर ।
कात्तिक महिनाको पुर्णिमामा सत्यवती मन्दिरमा लागेको मेलामा दर्शनार्थीले चढाएको रकम ३२ लाख ८१ हजार ८ सय रुपैयाँ संकलन भएको छ ।
यस वर्ष ५ दिन सम्म संचालित मेलामा आएका दर्शनार्थीले चढाएको रकम सुनचादी गरेर ३२ लाख ८१ हजार मध्ये २० लाख बराबरको सुनचादी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । मन्दिर निर्माणका लागि खर्चिने योजना भएको बताउने अध्यक्ष भन्छन्, “दर्शनार्थीले भेटी, दानपत्र र रसिद काटेर नगद र जिन्सी अर्पण गरेका थिए ।
तिनाउ गाउँपालिकाको कोलडाँडाको डाँडामा रहेको सत्यवती मन्दिरमा दर्शनका लागि र आफ्नो मनोकांक्षा पूरा होस् भनेर भन्नका लागि चिच्याएर वर माग्नु पर्ने धार्मिक बिश्वासका कारण यहाँ मात्र चिच्याएर वर माग्ने प्रचलन परापुर्व कालदेखि नै चल्दै आएको मन्दिरका पुजारी सुनविर गाहा बताउँछन् ।
धार्मिक आस्था र विश्वासका कारण गुल्मी अर्घाखाँची वाग्लुङ, पर्वत प्युठान हुँदै तराईका विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गर्दछन् । यसवर्ष करिव तीनलाख भन्दा बढी भक्तजनहरु मन्दिरमा पुगेको र मन्दिरमा संकलित भेटी गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी चौकी दोभानका प्रहरी र मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिले आइतबार र सोमबार गरेको बताइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी