© २०२३
गुल्मी, ०३ मंसिर ।
यही मङ्सिर १६ गते हुनगइरहेको उप निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं – १ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेद्बारी दर्ता भएको छ ।
वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दल बहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिकको उम्मेद्बारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)बाट विकास थापा, राप्रपाबाट ईस्वरी खाती, स्वतन्त्रबाट कोमानन्द खरेल, कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेद्बारी दर्ता गराएका छन् । एकीकृत समाजबादीले भने माओवादी केन्द्रलाइ समर्थन गरेको जनाएको छ ।
तीनवटै प्रमुख दलका उमेदवारहरू प्रभावशाली युवा नेता हुन् । काग्रेस उमेदवार श्रेष्ठ, एमाले उमेदवार थापा एवं माओवादी उमेदवार बिक स्थानिय तहमा जनतासंग भिजेका नेताको रूपमा चिनिन्छन । निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार अहिले त्यस वडामा ४ हजार ९१ जना मतदाता संख्या रहेको छ । गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए ।
त्यति बेला नेकपा माओबादी केन्द्रको समर्थनमा नेपाली कककाङ्ग्रेसबाट मोहन घिमिरेले ११८२ मत प्राप्तगरि विजयी भएका थिए भने एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए । विगतको निर्वाचनमा जस्तै यस पटक पनि तिन वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । अहिले तिन प्रमुख दल एक्लाएक्लै चुनावमा प्रतिसप्रर्धामा उत्रिएको हककुदा तिन वटै दल बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तत्कालिन वडाध्यक्ष मोहन घिमिरेको २०८० भाद्र २ गते ३६ बर्षको उमेरमा निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।