© २०२३
भैरहवा –
राष्ट्रिय कर सप्ताहको अवसरमा भैरहवामा सेवा ग्राहीलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले कर सप्ताह अन्तरगत दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही राजु कौशललाई सम्मान गरेको हो ।
तिलोत्तमा नगर पालिका वडा नम्बर १७ कोटिहवामा लक्ष्मी साइकल सर्भिस सन्चालन गर्दै आएका कौशललाई प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले माला, खादा टीका लगाइ सम्मान गर्दै कर चुक्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कर सप्ताहको पहिलो दिन सनिश्चवार परेकोले आइतबार कार्यालय आएका पहिलो सेवा ग्राहिको रुपमा कौशललाई सम्मानित गरिएको कार्यालयका सूचना अधिकारी एवम कर अधिकृत धनिस्वर अर्यालले बताए ।
आफू कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन आउदा पहिलो सेवा ग्राहिको रुपमा सम्मानित हुदा खुसी लागेको सेवाग्राही कौशलले बताए। आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्तर्गत रुपन्देही र नवलपरासीमा गरि विभिन्न प्रकृतिका २ लाख १६ हजार करदाता रहेका छन।