© २०२३
तिलोत्तमा ।
रुपन्देहीमा युवाहरूबीच कुटपिट हुँदा एक जनाको निधन भएको छ। आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु शाहनीको शुक्रबार राति मृत्यु भएको हो।
मदिरा सेवन गरी झगडा हुँदा भतिजा २१ वर्षीय अजय शाहनी, २२ वर्षीय सुरज कहार र २९ वर्षीय राजकुमार कुर्मीले राजुमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका शाहनीलाई भिम अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीद्ये जनाएको छ।
कुटपिटमा संलग्न ३ मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।