ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही
उपनिर्वाचन २०८१

कर्णालीका राजनैतिक दल होमिए निर्वाचनमा

२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

सुर्खेत ।

उपनिर्वाचन नजिकिए सँगै कर्णालीका राजनीतिक दलले उम्मेदवार टुंगो लगाएका छन् । केही दलहरुले यस अघि नै टुंगो लगाइसकेका थिए भने केहीले गए रातीसम्म छलफलपछि उम्मेदवार टुंगो लगाएका हुन् । प्रदेशमा विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी दल हुन् ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि यिनै तीन दलबीच नै त्रिपक्षी प्रतिस्पर्धा हुने देखिन्छ । त्यस बाहेक कर्णालीमा नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी लगायतको उपस्थिति छ । यद्यपि, अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने मुख्य तीन दल बाहेक अन्य दलको उपस्थिति निकै कमजोर छ । राष्टिय स्वतन्त्र पार्टीले भने यसपटक स्थानीय तहको उपनिर्वाचनमा पहिलो पटक भाग लिदै छ ।

कर्णालीका आठ पदका लागि उपनिर्वाचन हुँदै छ । नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुन लागेको हो । जसमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महावु गाउँपालिकामा अध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । त्यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३, कालीकोटको तिला गुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रूकुम पश्चिमको सानी भेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।

दलहरूले उम्मेदवार छनोटसँगै चुनावी प्रचार–प्रसारमा जुटिसकेका छन् । मतदाता रिझाउन गाउँ–गाउँमा पुगिसकेका छन् ।

नेकपा एमालेले आठवटै स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ । सबै ठाउँमा आफ्ना उम्मेदवारहरूको नाम टुँग्याएको प्रदेश अध्यक्ष गुलाव जंग शाहले बताए । एमालेले दैलेखको महावु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाहीलाई टिकट दिएको छ । यस्तै दुल्लू नगरपालिका–१३ को अध्यक्षमा लालबहादुर शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ माजुना रोकाय, जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ को अध्यक्षमा डम्बरबहादुर घर्ती,  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्षमा अमृत खत्री,कालीकोटको तिला गुफा नगरपालिका–४ मा ऐनबहादुर शाहीको नाम टुँगो लागेको  छ ।

कांग्रेसले पनि आठवटै स्थानमा आफ्ना उम्मेदवार टुङ्गाएको नेपाली काँग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीले बताए । दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा झलक भण्डारी, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा इन्द्रा चन्द सिंह र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सविता बुढालाई कांग्रेसले उम्मेदवार बनाएको छ । त्यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षमा शेरबहादुर शाहीको नाम टुँगो लागेको छ भने जाजरकोटको कुशे गाउँपालिका–७ मा खम्ब बहादुर सिंहलाई उम्मेदवार बनाइएको छ ।

नेकपा माओवादी केन्द्रले शनिवार साँझसम्म पनि केही स्थानमा उम्मेदवार टुँगो लगाए पनि केही स्थानमा बाँकी छ । नेकपा एकीकृत समाजवादीसँग चुनावी सहकार्य हुने भएकाले केही स्थानमा छलफल भइरहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । माओवादीले दैलेखको महावु गाउँपालिका अध्यक्षको उम्मेदवारमा जंगबहादुर बराललाई अघि सारेको छ । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा कोपिला बुढा उम्मेदवार बनेका छन् । त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी –५मा नरबहादुर झाँक्री, जाजरकोटको कुशे गाउँपालिका–७ को वडा अध्यक्षमा गोरख नेपाली, दुल्लू नगरपालिका–१३ मा ढकेन्द्रबहादुर शाही, रूकुम पश्चिमको सानी भेरी गाउँपालिका–५ को वडा अध्यक्षमा जसीराम बस्नेत उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीले पनि आन्तरिक रूपमा उम्मेदवारको टुँगो लगाएको भएतापनि माओवादीसँग सहकार्यका लागि छलफल गरिरहेको छ । दैलेखको महावुमा समाजवादीले उम्मेदवार दाबी गरेको छ । माओवादीसँग सहकार्य भएमा महावुमा आफूले अध्यक्ष लिने र अन्य ठाउँमा माओवादीलाई सहयोग गर्ने तयारीमा समाजवादी रहेको छ । अहिले दुवै पाटीले आ–आफ्ना उम्मेदवार अघि सारेका छन् । आठ वटै स्थानमा आफ्ना उम्मेदवार रहने समाजवादीका प्रदेश अध्यक्ष ठेगेन्द्रप्रसाद पुरीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक स्थानीय तहमा चुनावमा भाग लिँदै छ । प्रदेशका आठ वटै ठाउँमा उपनिर्वाचनमा भाग लिने गरी तयारी भइरहेकोे रास्वपा प्रदेश सभापति मदन खड्काले जानकारी दिए । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बुढा, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखको उम्मेदवारमा पार्वती पुन र हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष पदमा सुजता फडेरा (थापा) लाई उम्मेदावर बनाइएको छ । यसरी रास्वपा पहिलोपटक चुनावमा भाग लिने भएपछि चुनावी माहोल भने अलि रोचक बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission